पल्सर एफ २५० को नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

बजाजले भारतमा पल्सर एफ २५० को २०२४ संस्करण सार्वजनिक गरेको छ । बाइकको मूल्य १ लाख ५० हजाार भारु निर्धारण गरिएको छ ।

सो नयाँ संस्करणमा बजाजले पल्सर एन २५० को जस्तै नयाँ एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ । बाइकमा ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाई–टर्न नेभिगेसन फिचर पाउन सकिन्छ । साथै यसमा एन२५० मा जस्तै अपडेट गरिएको स्विचगियर पनि उपलब्ध छ ।

पल्सर एन २५० को पुरानो मोडल जस्तै देखिने यो बाइकमा सेमी–फेयर्ड, स्पोर्टी हेडल्याम्प, चिन फेयरिङ र टु पिस सिट पाइन्छ ।

बाइकमा २४९ सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २४ विएचपी र टर्क २१.५ एनएम छ । साथै यसको अगाडी टेलिस्कोपिक फोर्क र पछाडी मोनो शक सस्पेन्सन दिइएको छ भने दुबै चक्कामा एलोय ह्वील र डिस्क ब्रेक राखिएको छ ।

सम्बन्धित समाचारहरू

पुनः लन्च हुँदैछ बजाजको बक्सर मोटरसाइकल

पुनः लन्च हुँदैछ बजाजको बक्सर मोटरसाइकल

बजाजले कुनै समयमा लोकप्रिय रहेको मोटरसाइकल बक्सर पुनः लन्च गर्ने तयारी...

बजाज मोटरसाइकल किन्दा ३ पटक नगद उपहार पाइने अवसर, आयो यस्तो अफर

बजाज मोटरसाइकल किन्दा ३ पटक नगद उपहार पाइने अवसर, आयो यस्तो अफर

काठमाडौं – आउँदो बडा दसैं र तिहारको उपलक्ष्यमा बजाजको नेपालका लागि...

भारतीय बजारमा चाँडै नै लन्च हुँदै नयाँ बजाज पल्सर एनएस४००जेड

भारतीय बजारमा चाँडै नै लन्च हुँदै नयाँ बजाज पल्सर एनएस४००जेड

बजाज अटोले आफ्नो चर्चित स्पोर्ट्स बाइक सिरिज अन्तर्गतको नयाँ पल्सर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...