कारमा हुने सनरुफका फाइदा र बेफाइदा के ?
सबै अटोमेकरहरूले सनरुफ भएका कारहरू उपलब्ध गराइरहेका छन् । साथै सनरुफ...
सनरुफ कारमा लोकप्रिय फिचर हो । कम्पनीले आधुनिक कारमा सनरुफ फिचरको रुपमा उपलब्ध गराउदै आएका छन् । साथै यसको माग पनि निकै बढी छ । तर सनरुफका केही बेफाइदाहरु पनि छन् । सनरुफ जडित कार किन्नु अघि यसका बेफाइदाका बारेमा थाहा पाउन निकै जरुरी छ ।
खर्च
सनरुफ भएका कार सामान्यतया सनरुफ नभएका कार भन्दा महँगो हुन्छ।
सनरुफले एरोडायनामिक प्रतिरोध बढाउँछ, जसले माइलेज घटाउन सक्छ।
चुहावटको सम्भावना
पुराना मोडलमा सनरुफ चुहावटको सम्भावना हुन्छ, जसले कारको इन्टेरियर क्षति पुर्याउन सक्छ।
खुला सनरुफले अत्यधिक आवाज र धुलो भित्र आउन सक्छ, जसले ड्राइभिङको समयमा निकै समस्या निम्त्याउन सक्छ ।
गर्मी मौसममा सनरुफले कार भित्रको तापक्रम बढाउन सक्छ, जसका कारण एसीमा बढी दबाब पर्छ । साथै, जाडो मौसममा चिसो हावा आउन सक्छ, जसका कारण हिटरमा पनि बढी दबाब पर्न सक्छ ।
सनरुफले दुर्घटनामा चोटपटकको जोखिम बढाउन सक्छ। साथै खुला सनरुफका कारण चोरीको जोखिम पनि बढाउन सक्छ ।
सनरुफलाई नियमित मर्मत आवश्यक पर्छ, जस्तै नालीको प्वाल सफा गर्ने र सीलेन्ट जाँच गर्ने।
सबै प्रकारका कारको लागि उपयुक्त छैन
सनरुफ सबै प्रकारका कारको लागि उपयुक्त हुँदैन । अफ-रोडिङ वा स्पोर्ट्स कारको लागि यो कमजोर हुन सक्छ र क्षतिग्रस्त हुन सक्छ।
सबै अटोमेकरहरूले सनरुफ भएका कारहरू उपलब्ध गराइरहेका छन् । साथै सनरुफ...
आजकल कारमा सनरुफ र मुनरुफको चलन बढ्दो छ। सो फिचर विशेष गरी मध्य र प्रिमियम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...