डोमिनार ४०० को फेसलिफ्ट भर्सन आउँदै, तौल कम र फिचर अपग्रेड हुने

बजाज अटोले डोमिनार ४०० को फेसलिफ्ट भर्सन ल्याउने भएको छ । पल्सर एनएस ४०० जेडलाई हालै लन्च गरेको कम्पनीले अपडेटेड डोमिनार ४०० संगै ४०० सीसी लाइन–अपलाई विस्तार गर्ने योजना समेत बनाएको छ ।

बजाज अटोका कार्यकारी निर्देशक राकेश शर्माका अनुसार कम्पनीले आफ्नो डोमिनार रेन्ज बाइकलाई अपडेट गर्ने योजनामा ​​काम गरिरहेको छ । फेसलिफ्ट भर्सनले ब्लुटुथ कनेक्टिभिटी र टर्न–वाई–टर्न नेभिगेसन सहितको नयाँ टिएफटी इन्स्ट्रुमेन्ट कन्सोल सहित धेरै सुविधाहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

साथै सो नयाँ भर्सनले एनएस ४०० जेडसँग केही फिचरहरु पनि सेयर गर्न सक्ने अनुमान गरिएको छ । यसमा राइड–वाई–वायर थ्रोटल, स्विच गर्न मिल्ने ट्रयाक्सन कन्ट्रोल र मल्टिपल मोड समावेश हुने अपेक्षा गरिएको छ । रिपोर्टका अनुसार डोमिनार फेसलिफ्ट हाल उपलब्ध मोडलको तुलनामा धेरै हलुका समेत हुनेछ । यसको तौल १९३ किलोग्राम हुने अनुमान गरिएको छ ।

बाइकको इन्जिन भने यथावत रहनेछ । डोमिनारमा ३९.५ बीएचपी र ३५ एनएम टर्क उत्पादन गर्ने ३७३ सीसी लिक्विड–कूल्ड युनिट प्रयोग गरिएको छ । सोही इन्जिन दिएर बजाजले पल्सर एनएस ४०० जेड लन्च गरेको हो ।

सम्बन्धित समाचारहरू

गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

काठमाडौं – रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । सो बजाज...

बन्द भएको ४ वर्षपछि अपग्रेड भएर आयो पल्सर १८०

बन्द भएको ४ वर्षपछि अपग्रेड भएर आयो पल्सर १८०

बजाजले आफ्नो चर्चित मोडल पल्सर १८० लाई पुनः बजारमा उतारेको छ । बन्द भएको ४...

बजाज ‘ग्राण्ड कार्निभल’को आज तेस्रो दिन, क्यारिवियन ब्लु कलरमा आयो पल्सन एन १६०

बजाज ‘ग्राण्ड कार्निभल’को आज तेस्रो दिन, क्यारिवियन ब्लु कलरमा आयो पल्सन एन १६०

काठमाडौं– बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...