बजाजको पहिलो सीएनजी बाइकको डिजाइन लन्च हुनुअघि नै लिक

बजाजले चाँडै नै आफ्नो पहिलो सीएनजी बाइक भारतीय बजारमा ल्याउने तयारी गरिरहेको छ । बाइक लन्च हुनुअघि सामाजिक सञ्जालमा यसको डिजाइन लिक भएको छ । यसमा सो बाइकको च्यासिस, सीएनजी र पेट्रोल ट्याङ्कीको बारेमा जानकारी खुलासा गरिएको छ ।

रिपोर्टका अनुसार बाइकमा सिलिन्डर रोक्नको लागि ब्रेससहित डबल क्र्याडल फ्रेमले सुसज्जित हुनेछ। बाइकमा सीएनजी सिलिण्डर सिटको मुनि राख्न सकिनेछ। सीएनजी भर्नको लागि नोजल अगाडि तिर दिइनेछ। साथै यसमा एउटा सानो पेट्रोल ट्याङ्की पनि दिइनेछ र पेट्रोल भर्ने ठाउँ अन्य बाइकको जस्तै हुनेछ । बाइकमा पेट्रोल र सीएनजीबाट चलाउनलाई स्लोपर इन्जिन पनि दिइएको छ ।

हाल सो बाइकको परीक्षण भइरहेको छ । टेस्टिङ बाइकमा टेलिस्कोपिक फ्रन्ट फोर्क, रियरमा मोनोसक, डिस्क र ड्रम ब्रेक सेटअप रहेको छ । सेफ्टीका लागि बाइकमा सिंगल च्यानल एबीएस वा कम्बी ब्रेकिङ जडान गर्ने सम्भावना छ ।

यद्यपि कम्पनीले अहिलेसम्म यसको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन । तर रिपोर्टका अनुसार यो बाइक १२५ सीसी सेगमेन्टमा ल्याउने सम्भावना छ । सो बाइक बाहेक कम्पनीले सन् २०२५ सम्ममा भारतीय बजारमा ५ देखि ६ वटा सीएनजी बाइक लन्च गर्ने योजना बनाएको छ ।

यो बाइक १८ जुन २०२४ मा लन्च गर्ने अनुमान गरिएको छ। यसको सम्भावित नाम ब्रुजर हुनेछ।

सम्बन्धित समाचारहरू

बजाजले ल्यायो नयाँ वर्ष लक्षित ‘५ को पन्च’ अफर, बम्परमा १० लाख सम्म जित्न सकिने

बजाजले ल्यायो नयाँ वर्ष लक्षित ‘५ को पन्च’ अफर, बम्परमा १० लाख सम्म जित्न सकिने

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक हंसराज हुलासचंद एन्ड...

सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । जेठ २१ गतेदेखि जेठ...

बजाज पल्सर एन१५० र एन१६० अपडेट हुँदै, टिजर सार्वजनिक

बजाज पल्सर एन१५० र एन१६० अपडेट हुँदै, टिजर सार्वजनिक

बजाजले सामाजिक सञ्जालमा आफ्नो आगामी बाइक पल्सर एन१५० र एन१६० को टिजर शेयर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...