पहिलो सीएनजी बाइक लन्च गर्ने तयारीमा बजाज

बजाज अटोले जुन १८, २०२४ मा विश्वको पहिलो सीएनजी मोटरसाइकल लन्च गर्ने तयारी गरिरहेको छ । बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले नयाँ पल्सर एनएस ४००जेड सार्वजनिक कार्यक्रमको अवसरमा उक्त जानकारी दिएका हुन् ।

बजाजको नयाँ सीएनजी मोटरसाइकल परीक्षणको क्रममा धेरै पटक देखिएको छ । टेस्टिङ बाइकमा ठूलो इन्धन ट्यांकी देखिएको थियो, जसले ड्युअल फ्युल सिस्टम तर्फ संकेत गर्छ ।

कम्पनीले सो बाइक लगभग १०० देखि १२५ सीसीको इन्जिन सहित लन्च गर्ने सम्भावना छ । बाइकमा टेलिस्कोपिक फ्रन्ट फोर्क, रियरमा मोनोसक, डिस्क र ड्रम ब्रेक सेटअपका साथै सेफ्टीका लागि बाइकमा सिंगल च्यानल एबीएस वा कम्बी ब्रेकिङ जडान गर्न सकिनेछ ।

बजाजको नयाँ सीएनजी बाइकको नामको बारेमा केही आधिकारिक जानकारी दिइएको छैन । तर बजाजले हालै ब्रुजर नामको ट्रेडमार्क गरेको छ । जसले नयाँ सीएनजी बाइकको नाम ब्रुजर राखिने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

पल्सर एनएस २०० को फिचरमा कटौती, मूल्य पनि सस्तो हुने

पल्सर एनएस २०० को फिचरमा कटौती, मूल्य पनि सस्तो हुने

बजाजले आफ्नो लोकप्रिय मोडल पल्सर एनएस २०० को सस्तो भेरिएन्ट लन्च गर्ने...

१२५ सीसी सम्मका बजाज मोटरसाइकल किन्दा सामसुङको रेफ्रिजेरेटर पाइने

१२५ सीसी सम्मका बजाज मोटरसाइकल किन्दा सामसुङको रेफ्रिजेरेटर पाइने

काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

काठमाडौँ–तौलिहवामा फागुन ७ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...