पल्सर १५० किन्दा रोशनले जिते १० लाख पुरस्कार
काठमाडौ – माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ओम अटोमोबाइल,...
काठमाडौं– बजाज अटोले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली पल्सर एनएस ४०० जेड सार्वजनिक गरेको छ । बाइकको मूल्य १ लाख ८५ हजार भारु तोकिएको छ ।
स्ट्राइक हेडल्याम्पको साथ स्पोर्टी डिजाइनमा तयार पारिएको सो बाइकमा थन्डरबोल्ट शैलीको एलईडी डिआरएलएस र प्रोजेक्टर लाइट रहेको छ । सो नयाँ बाइकमा मस्कुलर फ्युल ट्यांक, ट्यांकको दुबै साइडमा एनएस डिकल, टु पिस स्टेप सिट र ४०० डिकल भएको सानो चिन फेयरिङ दिइएको छ ।
बाइकमा ब्लुटुथ कनेक्टिभिटी सपोर्ट गर्ने डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल जडान गरिएको छ । जहाँ राइडरले आफ्नो स्मार्टफोनलाई कनेक्ट गरी टर्न–बाई–टर्न नेभिगेसन, आगमन कल, मिस्ड कल र एसएमएस अलर्टहरू जस्ता सुविधाहरू प्रायोगमा ल्याउन सक्छन् ।
यसमा चारवटा राइड मोडहरु रोड, रेन, स्पोर्ट र अफ–रोड दिइएको छ । साथै स्वीच गर्न मिल्ने ट्रयाक्सन कन्ट्रोल र डुअल च्यानल एबीएस समेत पाउन सकिन्छ । सो नयाँ बाइकमा ४३ एमएमको अपसाइड–डाउन फोर्क र एड्जस्टेवल प्रिलोडका साथ ग्यास चार्ज गरिएको मोनो–शक सस्पेन्सन दिइएको छ ।
बजाजले यसमा डोमिनार ४०० मा जडान गरिएको ३७३ सिसी इन्जिन उपलब्ध गराएको छ । उक्त इीन्जनले ८ हजार ८०० आरपिएममा ३९.४ बिएचपी पावर र ६ हजार ५०० आरपिएमममा ३५ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई असिस्ट र स्लिपर क्लच मार्फत ६ स्पीड गियरबक्ससँग जोडिएको छ ।
काठमाडौ – माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ओम अटोमोबाइल,...
पोखरा – नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणसँगै बजाज चेतक...
काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...