बीवाईडीको ऐतिहासिक उपलब्धि, १०७ अर्ब डलर आम्दानीसहित टेस्लालाई उछिन्यो
बीवाईडीले सन् २०२४ मा १०७ अर्ब अमेरिकी डलरको वार्षिक आम्दानी गर्दै एलन...
काठमाडौं–बीवाइडी गाडीको बिक्रीमा आएको बृद्धिसंगै सर्भिस सेन्टर समेत विस्तार हुन थालेको छ । काठमाडौं उपत्यकामा हाल एउटामात्र सर्भिस सेन्टरमार्फत सेवा दिँदै आएको आधिकारिक बिक्रेता साइमेक्स इंकले ललितपुरको कुपान्डोलमा नयाँ सर्भिस सेन्टर निर्माणलाई तिब्रता दिएको हो । साथै, कम्पनीले भक्तपुरको राधेराधेमा पनि नयाँ सर्भिस सेन्टर तयार पारिरहेको जनाएको छ ।
साइमेक्स इंकले हाल काठमाडौं बाहिर विराटनगर, विर्तामोड, पोखरा, नारयाणघाट, बुटवल, नेपालगन्ज र धनगढीमा सर्भिस नेटवर्क विस्तार गरिसकेको छ । नेपाल आएको एट्टो–३ र डल्फिनले निकै राम्रो बजार लिएपछि देशका विभिन्न स्थानमा सर्भिस नेटवर्क थप गर्नुपर्ने दवाव कम्पनीमाथी सिर्जना भएको छ । कम्पनीले बीवाइडीको गाइडलाइन अनुसार आफ्नो वर्कशपलाई अत्याधुनिक र सुबिधासम्पन्न बनाउँदै लगेको छ ।
सर्भिस नेटवर्कसंगै कम्पनीले दक्ष जनशक्ति उत्पादन र स्पेयर पार्ट्सको स्टकमा समेत उत्तिकै जोड दिएको छ । बीवाइडीबाटै आएका इन्जिनियरको प्रत्यक्ष निगरानीमा गाडीको सर्भिसिङ गर्दै आएको कम्पनीले वर्कशपमा काम गर्ने टेक्निसियनलाई आवश्यक तलिम समेत प्रदान गर्दै आएको छ ।
बीवाईडीले सन् २०२४ मा १०७ अर्ब अमेरिकी डलरको वार्षिक आम्दानी गर्दै एलन...
चीनमा बीवाईडी सबैभन्दा ठूलो अटोमोटिभ ग्रुप बन्न सफल भएको छ । यो भन्दा पहिले...
काठमाडौं – बीवाईडीको सबैभन्दा सस्तो अर्थात कम मूल्यको ईभी सिगल काठमाडौंमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...