नयाँ ड्यूक २५०, यी हुन् थप भएका फिचर

केटिएम ड्यूक २५० नयाँ भर्सनमा आएको छ । नयाँ मोटरसाइकलमा केटिएमले नयाँ चेसिस र नयाँ इन्जिन दिनुको साथै अन्य थुप्रै फिचर समेत थप गरेको छ । पुरानो मोडलभन्दा ५ हजार रुपैयाँमात्र बढेर आएको नयाँ भर्सनको मूल्य ७ लाख ४० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

केटिएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले लन्च भएकै दिन ५० वटा नयाँ ड्यूक ग्राहकलाई हस्तान्तरण गरेर यसको बिक्री सुरु गरेको हो ।

नयाँ ड्यूक २५० मा कम्पनीले नयाँ इन्जिन सेटअप दिएको छ । यसअघि डिओएचसी सेटअप रहेकोमा नयाँ मोडलमा एसओएचसी सेटअप दिइएको हो । नयाँ इन्जिन सेटअपसंगै पावर र टर्क समेत बढेर आएको छ । बाइकमा जडान गरिएको २४९.०७ सिसी क्षमताको बिएस६ इन्जिनले ३१ पीएस पावर र २५ एनएम टर्क जेनेरेट गर्दछ । पुरानो ड्यूक २५० को अधिकतम पावर ३० पिएस र टर्क २४ एनएम रहेको थियो ।

६ स्पिड गियरवक्स जडान गरिएको बाइकलाई १४८ किलोमिटर प्रतिघण्टाको उच्चतम गतिमा हाँक्न सकिने दाबी छ । नयाँ ड्यूक २५० मा पुरानो मोडलको तुलनमा १.५ लिटर पेट्रोल बढी अट्ने फ्यूल ट्यांक दिइएको छ । १५ लिटर क्षमताको फ्यूल ट्यांक जडान गरिएको बाइकले प्रतिलिटर ३५ किलोमिटर माइलेज दिने कम्पनी दावी छ ।

नयाँ मोडलमा ग्राउन्ड क्लिरियन्स भने घटेर आएको छ । पुरानो मोडलको ग्राउन्ड क्लिरियन्स १८५ एमएम रहेकोमा नयाँ ड्यूक २५० मा भने जम्मा १७६ एमएम मात्र छ । साथै नयाँ बाइकको तौल समेत १६९ किलोग्रामबाट घटेर १६२.८ किलोग्राम पुगेको छ ।

नयाँ ड्यूक २५० मा केटिएमले पूर्णत एलइडी लाइट, एलसिडी डिस्प्ले, डुअल च्यानल एबिएस, अन्डलबेली एक्जस्ट, एल्मुनियम बनाना स्विंगआर्म, स्लिपर क्लच र क्विक सिफ्टर प्लस लगायत फिचर दिएको छ ।

सम्बन्धित समाचारहरू

कावासाकीको पहिलो इलेक्ट्रिक बाइकको टिजर सार्वजनिक, जुन ७ मा सार्वजनिक गरिने

कावासाकीको पहिलो इलेक्ट्रिक बाइकको टिजर सार्वजनिक, जुन ७ मा सार्वजनिक गरिने

कावासाकी युएसले हालै ट्विटरमार्फत आफ्नो पहिलो इलेक्ट्रिक बाइकको टिजर...

केटिएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट

केटिएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट

काठमाडौं– केटिएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज...

१५ हजार बढेर नेपाल आउने भयो आरसी २०० को नयाँ मोडल, आइतबारदेखी शोरुममा उपलब्ध हुने

१५ हजार बढेर नेपाल आउने भयो आरसी २०० को नयाँ मोडल, आइतबारदेखी शोरुममा उपलब्ध हुने

केटिएम आरसी २०० को २०२२ मोडल २ दिनपछि नेपाल आउने भएको छ । आइतबारदेखी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...