शुक्रबार देखि ललितपुरको ग्वार्को चोकमा देशकै पहिलो फ्लाई ओभर निर्माण शुरु हुँदै
काठमाडौं – शुक्रबार देखि ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा...
काठमाडौँ - टयाक्सी व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन सुरू गरेका छन् ।
आफूहरूलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय सरकारले लिएको भन्दै उनीहरूले त्यसको विरोधमा बुधवार काठमाडौँको तीनकुनेमा -यालीसहितको विरोधसभा आयोजना गरेका हुन् ।
१० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय टयाक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आफूहरूले विरोधको कार्यक्रम सुरू गर्नुपरेको टयाक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक राम थापाले बताए । उनले एक भारतीय कम्पनीको सेटिङमा सरकारले विद्युतीय टयाक्सी खरिद गर्ने निर्णय गरेर आफूहरूको बिचल्ली बनाएकाले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।
संघर्ष समितिले विद्युतीय टयाक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ । उनीहरूले नेपाली पहिचान हुने गरी इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्न, इन्स्योरेन्समा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन् ।
टयाक्सी व्यवसायीहरूले स्वस्थ प्रतिष्पर्धाको आधारमा टयाक्सी खरिद गर्न पाउनुपर्नेतर्फ पनि सरकारको ध्यानकर्षण गराएका छन् ।
काठमाडौं – शुक्रबार देखि ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा...
सामाजिक सञ्जालमा भाइरल भएको एक अनौठो भिडियोले अहिले सबैको ध्यान खिचेको छ।...
काठमाडौं – नागढुङ्गास्थित सुरुङमार्ग निर्माणस्थलभित्र रहेका ३२ जनामा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...