बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
नेपालमा एमजी ब्राण्डको जेडएस ईभीमा आगलागि भएको घटना सेलाउन नपाउँदै भारतमा अर्को ईभी आगलागिको घटना बाहिर आएको छ । भारतको छत्तीसगढ राजमार्गमा गाडी चलाउने क्रममा भोल्भो सी४० रिचार्जमा आगो लागेको हो ।
गुडीरहेको गाडीमा एक्कासी आगो लागेपछि चालक सकुशल बाहिर निस्केर भिडियो खिचेका थिए । आगलागिबाट ध्वस्त हुँदै गरेको आफ्नो ईभीको भिडियो सेयर गर्दै उनले घटनाबारे जानकारी गराएका हुन् ।
आगलागीको कारण भने खुल्न बाँकी रहेको भन्दै अनुसन्धान भइरहेको बताइएको छ । भोल्भोले घटनाको बारेमा आधिकारिक बयान जारी गरेको छैन ।
भोल्भो सी४० रिचार्ज गत वर्ष सेप्टेम्बरमा लन्च गरिएको थियो । ६१ लाख २५ हजार भारु पर्ने यो इलेक्ट्रिक एसयूभीमा ७८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ ।
साथै यसमा दिइएको डुअल इलेक्ट्रिक मोटरले ४०२ बीएचपी पावर र ६६० एनएम टर्क जेनेरट गर्दछ । सो ईभीले सिंगल चार्जमा ५३० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...