सुजुकीका तीन मोडल भारत एनक्यापको क्र्यास टेष्टमा सहभागी हुने

मारुती सुजुकीले भारत एनक्याप क्र्यास टेस्टका लागि पठाइने कारहरूको पहिलो ब्याच घोषणा गरेको छ । कम्पनीका अनुसार ब्रेजा, बलेनो र ग्राण्ड भिटारा भारत एनक्यापद्वारा टेष्ट गरिने पहिलो मारुती मोडल हुनेछन् भने त्यसपछि फ्रङक्सलाई दोस्रो चरणमा पठाइनेछ ।

मारुती सुजुकीले भिटारा ब्रेजालाई पहिले नै ग्लोबल एनक्यापमा पठाएपनि यसले वयस्क सुरक्षाका लागि ४ स्टार र बाल सुरक्षाका लागि २ स्टार पाएको थियो । उसको प्रतिस्पर्धी टाटा नेक्नसन र महिन्द्रा एक्सयूभी ३०० ले भने ५ स्टार रेटिङ पाएका थिए ।

यसैगरी भारत एनक्यापमा पठाउन लागिएकोे अर्को मोडल बलेनोको पनि ल्याटिन एनक्यापमा परिक्षण भएको थियो । जसमा बलेनोृले निराशाजनक जेरो स्टार रेटिङ पाएको थियो । ग्राण्ड भिटाराको भने हालसम्म क्र्यास टेष्ट गरिएको छैन ।

गत वर्ष अगस्टमा सुरु भएको भारतको आफ्नै टेष्ट मापदण्डमा टाटा ह्यारियर र सफारी सहभागी भएका छन् । यी दुबै एसयूभीले ५ स्टार रेटिङ हात पारेका थिए ।

सम्बन्धित समाचारहरू

अर्को साता नेपाली बजारमा लन्च हुँदै सुजुकी एभेनिस स्कुटर

अर्को साता नेपाली बजारमा लन्च हुँदै सुजुकी एभेनिस स्कुटर

काठमाडौं – लामो समयको प्रतीक्षा पश्चात सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’...

यी हुन् बढी ग्राउन्ड क्लियरेन्स भएका ५ कार, जसलाई खराब सडकमा पनि सजिलै चलाउन सकिन्छ

यी हुन् बढी ग्राउन्ड क्लियरेन्स भएका ५ कार, जसलाई खराब सडकमा पनि सजिलै चलाउन सकिन्छ

एसयूभी वा एमपीभी कारमा जस्तै अन्य कुनै पनि कारमा राम्रो ग्राउन्ड...

१९ वर्षमा ३० लाख यूनिट बिक्री भयो मारुती सुजुकीको यो कार

१९ वर्षमा ३० लाख यूनिट बिक्री भयो मारुती सुजुकीको यो कार

मारुती सुजुकीको सर्बाधिक सफल कार स्विफ्टले ३० लाख बिक्रीको माइलस्टोन पार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...