मारुती सुजुकीले पनि बढायो भारतमा कारको मूल्य, वागन आरमा ३० हजार भारुले बृद्धि
मारुती सुजुकीले भारतमा आफ्ना अधिकांश कारको मूल्य बृद्धि गरेको छ ।...
काठमाडौं– सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले विन्टर फ्री सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । कम्पनीले पुस २४ देखि २६ गतेसम्म क्याम्पको आयोजना गर्ने भएको हो ।
जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले सुजुकी ग्राहकलाई यसबारे जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न क्याम्प संचालन हुन लागेको कम्पनीले जनाएको छ ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुको साथै ग्राहकहरूले लक्की ड्र मार्फत वर्षभरिको लागि निशुल्क पाट्र्स र सर्भिस प्याकेज पनि जीत्न सक्नेछन् । सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी र हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् ।
त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ग्राहकले ५० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । पाट्र्स र एसोसरिजमा समेत १० प्रतिशत छुट पाइने छ भने लेवर चार्जमा पनि २० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । सर्भिस क्याम्प नेपालभरि सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ ।
मारुती सुजुकीले भारतमा आफ्ना अधिकांश कारको मूल्य बृद्धि गरेको छ ।...
सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेस लन्च गर्ने भएको छ । सो...
सुजुकीको पहिलो बिद्युतिय कार ई–भिटारा छिट्टै लन्च हुने तयारीमा छ । भारतमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...