जीपीएस र एपको प्रयोग गरी सुरक्षित रहन आग्रह : यस्ता छन् सवारी सुरक्षाका लागि नयाँ प्रोडक्ट

काठमाडौं – जियोमेट र एटीएस नेपाल तथा नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजनामा विभिन्न प्रोडक्ट सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित सो कार्यक्रममा ललितपुर जिल्लामा कार्यरत बाइक मर्मत गर्ने अटो मेकानिक्सहरुका बीचमा जियोमेट जीपीएस र एटीएस नेपालको एप वारेमा जानकारी प्रदान गरिएको थियो ।

सो अवसरमा जियोमेट जीपीएस उपलब्ध गराइरहेको टेलिम्याटिक्स टेक प्रालि सीईओ आतिश गैरे र एटीएस नेपालका एक्जिक्युटिभ डाइरेक्टर विजय कँडेलले ती प्रोडक्ट र तिनको उपयोगिता वारेमा जानकारी प्रदान गरे ।

जियोमेटले सवारी साधनहरुको अवस्थिति वारेमा जानकारी प्रदान गर्दछ । नेपाली बजारमा यो पहिले देखि नै उपलब्ध छ ।

एटीएस नेपाल भने हालै मात्र बजारमा उपलब्ध गराइएको सुविधा सहितको एप हो । यसको प्रयोगबाट कुनै सवारी साधन हराएको वा बेवारिस भएको अवस्थामा सम्बन्धित सवारी धनी पत्ता लगाउन सकिन्छ ।

उक्त एप डाउनलोड गरी आफ्नो मोबाइलमा राख्ने र एटीएस नेपालले उपलब्ध गराएको क्युआर कोड सवारी साधनको कुनै स्थानमा राख्ने गरेमा सो क्युआर कोड स्क्यान गरी जसले पनि सवारी धनी पत्ता लगाउन र खबर गर्न सकिन्छ । क्युआर कोड स्क्यान गर्दा आउने फोन नम्बरमा फोन गरेर यो कार्य गर्न सकिन्छ । विशेष गरी दुर्घटना भएको अवस्थामा वा कुनै कारणले चोरी भएको अवस्थामा यो एप निकै नै प्रभावकारी हुने सम्भावना छ ।

सो अवसरमा ट्राफिक प्रहरी निरीक्षक शालिग्राम तिमिल्सिनाले दुर्घटना भएको अवस्थामा सवारी धनीको आफन्त पत्ता लगाउन र हराएका मोटरसाइकलको सवारी धनी पत्ता लगाउन निकै समस्या परिरहने अवस्थामा यो एप निकै नै प्रभावकारी हुने बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष रुद्रबहादुर खड्काले मेकानिक्सहरुले समेत यो एप उपयोग गर्नका लागि सवारी धनीहरुलाई प्रेरित गर्न सकेमा निकै नै प्रभावकारी हुने र यसमा आफूहरुले सक्दो प्रयास गर्ने बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष राजकुमार बिकेले क्युआर कोड स्क्यान गरेर एप खरिद कार्यको शुभारम्भ गर्दै धेरै सवारी धनीलाई यस्ता एप्स प्रयोग गर्नका लागि प्रेरित गर्न सकिने बताए ।

सम्बन्धित समाचारहरू

ट्रायम्फ ब्रान्ड नेपाल भित्रिएको वर्ष बन्यो सन् २०२४, ५ सय युनिट भन्दा बढी बिक्री रेकर्ड

ट्रायम्फ ब्रान्ड नेपाल भित्रिएको वर्ष बन्यो सन् २०२४, ५ सय युनिट भन्दा बढी बिक्री रेकर्ड

सन् २०२४ को समापन हुँदैछ । यो वर्ष नेपाली बजारमा नयाँ मोटरसाइकल ब्रान्डको...

कारका महत्त्वपूर्ण वार्निङ लाइट, बेवास्ता गर्दा इन्जिनदेखि सुरक्षा सिस्टमसम्म गम्भीर क्षति

कारका महत्त्वपूर्ण वार्निङ लाइट, बेवास्ता गर्दा इन्जिनदेखि सुरक्षा सिस्टमसम्म गम्भीर क्षति

आधुनिक कारहरू प्रविधिगतरूपमा निकै उन्नत भइसकेका छन्, जसले चालकलाई समयमै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...