सोल्टीमोडमा बिवाइडीको नयाँ शोरुम

काठमाडौं– बीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको सोल्टीमोडमा नयाँ शोरुम ‘बीवाइडी सीटी स्टोर’ बिस्तार गरेको छ । रिकन्डिसन गाडीको कारोबार गर्दै आएको बाबा वसेरा ग्रुपसंगको सहकार्यमा सो नयाँ शोरुम सञ्चालनमा आएको हो ।

साइमेक्सले हालसम्म १२ वटा डिलर नेटवर्क विस्तार गर्न सफल भएको छ । यसले गाडीको बिक्रीमा राम्रो नेटवर्किङ विस्तार गर्नेमा आफूहरु विश्‍वस्त रहेको साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् ।

इभीका ग्राहकहरुको सेवा र सुविधाका लागि यो शोरुम अत्याधुनिक सुविधा, चार्जिङ स्टेसनसहित तालिम प्राप्त कर्मचारीहरुबाट सुसज्जित रहेको उनले बताइन् । कम्पनीले उपत्यकामा मात्रै ४ वटा शोरुमहरु सञ्‍चालनमा ल्याएको छ । यसको सर्भिस सेन्टर पनि उपत्यका रहेको छ ।

नेपालमा बिवाइडीको अट्टो ३, डल्फिन, ई–६बिक्रीका लागि उपलब्ध छन् । पुराना जुनसुकै ब्राण्डका गाडीहरु एक्स्चेन्ज गरी नयाँ बिवाइडी खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

टु ह्विलरको सवैभन्दा ठूलो बजार भारतमा इलेक्ट्रिक स्कुटरको बिक्री...

७ लाख उत्पादन क्षमता र ३ हजार बढी रोबोटले काम गर्ने सेरेस सुपर फ्याक्ट्रीमा जन्मेको एइटो एम९

७ लाख उत्पादन क्षमता र ३ हजार बढी रोबोटले काम गर्ने सेरेस सुपर फ्याक्ट्रीमा जन्मेको एइटो एम९

गत फेब्रुअरी ५ मा प्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी सेरेसले सुपर...

बीवाईडीले ब्लेड ब्याट्रीसहित एट्टो २ मिनी इलेक्ट्रिक एसयूभी ल्याउने

बीवाईडीले ब्लेड ब्याट्रीसहित एट्टो २ मिनी इलेक्ट्रिक एसयूभी ल्याउने

चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले चाँडै नै भारतीय र केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...