सोल्टीमोडमा बिवाइडीको नयाँ शोरुम

काठमाडौं– बीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको सोल्टीमोडमा नयाँ शोरुम ‘बीवाइडी सीटी स्टोर’ बिस्तार गरेको छ । रिकन्डिसन गाडीको कारोबार गर्दै आएको बाबा वसेरा ग्रुपसंगको सहकार्यमा सो नयाँ शोरुम सञ्चालनमा आएको हो ।

साइमेक्सले हालसम्म १२ वटा डिलर नेटवर्क विस्तार गर्न सफल भएको छ । यसले गाडीको बिक्रीमा राम्रो नेटवर्किङ विस्तार गर्नेमा आफूहरु विश्‍वस्त रहेको साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् ।

इभीका ग्राहकहरुको सेवा र सुविधाका लागि यो शोरुम अत्याधुनिक सुविधा, चार्जिङ स्टेसनसहित तालिम प्राप्त कर्मचारीहरुबाट सुसज्जित रहेको उनले बताइन् । कम्पनीले उपत्यकामा मात्रै ४ वटा शोरुमहरु सञ्‍चालनमा ल्याएको छ । यसको सर्भिस सेन्टर पनि उपत्यका रहेको छ ।

नेपालमा बिवाइडीको अट्टो ३, डल्फिन, ई–६बिक्रीका लागि उपलब्ध छन् । पुराना जुनसुकै ब्राण्डका गाडीहरु एक्स्चेन्ज गरी नयाँ बिवाइडी खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

स्टकमा थन्किएका पेट्रोल कार सस्तो मूल्यमा निर्यात गर्दै चीन

स्टकमा थन्किएका पेट्रोल कार सस्तो मूल्यमा निर्यात गर्दै चीन

चीनमा इलेक्ट्रिक सवारी साधनको तीव्र वृद्धि भएपछि पेट्रोल कारको मागमा...

नामीको नेपालमा अर्को उपलब्धि, १००० ईभी नेपाली सडकमा

नामीको नेपालमा अर्को उपलब्धि, १००० ईभी नेपाली सडकमा

काठमाडौं – नेपाली सडकमा १ हजार भन्दा बढी नामी ईभी गुड्न थालेका छन् । यही...

टेल्जी इलेक्ट्रिक स्कुटरको १०औं शोरुम खुल्यो पोखरामा

टेल्जी इलेक्ट्रिक स्कुटरको १०औं शोरुम खुल्यो पोखरामा

पोखरा – टेल्जीको नयाँ शोरुमा पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...