५ इन्चको टीएफटी डिस्प्लेसहित आयो नयाँ बजाज पल्सर एनएस४०० जेड
बजाज अटोले पल्सर ब्रान्डको २५औँ वार्षिकोत्सवको अवसर पारेर आफ्नो...
काठमाडौं– बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले आयोजना गरेको ‘ग्राण्ड कार्निभल’ आज तेस्रो दिनमा चलिरहेको छ । दशैंको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा कम्पनीले २४ गतेदेखी ग्राण्ड कानिर्भल सुरु गरेको थियो । कार्निभल २९ गतेसम्म चल्नेछ ।
सो कार्यक्रममा कम्पनीले पल्सर एन १६० को नयाँ कलर सार्बजनिक गरेको छ । क्यारिवियन ब्लु कलरमा निकै आकर्षक देखिएको सो बाइकको मूल्य रेगुलर मोडल सरह ३ लाख ९३ हजार ९०० तोकिएको छ । कलर वाहेक यसमा अन्य कुनै परिवर्तन गरिएको छैन ।

ग्राण्ड कार्निभलमा ग्राहकले उच्च मूल्यांकन र सरल फाइनान्स सुविधामा मोटरसाइकल किन्न र एक्सचेन्ज गर्न पाउने कम्पनीले जनाएको छ । कार्निभलमा १८ भन्दा धेरै भ्यालुएशन कम्पनीहरु सहभागी रहेका छन् ।
यस कार्निभलमा ग्राहकले कम डाउन पेमेन्ट वा शुन्य प्रतिशत ब्याजदरको सुबिधा छनोट गरेर मोटरसाइकल खरिद गर्न पाउनेछन् । साथै फेस्टिभ स्कीम अन्तर्गत ग्राहकले हरेक बजाज मोटरसाइकलको खरिदमा २५ गुणासम्म नगद क्यास जित्न सक्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...