बजाज ‘ग्राण्ड कार्निभल’को आज तेस्रो दिन, क्यारिवियन ब्लु कलरमा आयो पल्सन एन १६०

काठमाडौं– बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले आयोजना गरेको ‘ग्राण्ड कार्निभल’ आज तेस्रो दिनमा चलिरहेको छ । दशैंको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा कम्पनीले २४ गतेदेखी ग्राण्ड कानिर्भल सुरु गरेको थियो । कार्निभल २९ गतेसम्म चल्नेछ ।

सो कार्यक्रममा कम्पनीले पल्सर एन १६० को नयाँ कलर सार्बजनिक गरेको छ । क्यारिवियन ब्लु कलरमा निकै आकर्षक देखिएको सो बाइकको मूल्य रेगुलर मोडल सरह ३ लाख ९३ हजार ९०० तोकिएको छ । कलर वाहेक यसमा अन्य कुनै परिवर्तन गरिएको छैन ।

ग्राण्ड कार्निभलमा ग्राहकले उच्च मूल्यांकन र सरल फाइनान्स सुविधामा मोटरसाइकल किन्न र एक्सचेन्ज गर्न पाउने कम्पनीले जनाएको छ । कार्निभलमा १८ भन्दा धेरै भ्यालुएशन कम्पनीहरु सहभागी रहेका छन् ।

यस कार्निभलमा ग्राहकले कम डाउन पेमेन्ट वा शुन्य प्रतिशत ब्याजदरको सुबिधा छनोट गरेर मोटरसाइकल खरिद गर्न पाउनेछन् । साथै फेस्टिभ स्कीम अन्तर्गत ग्राहकले हरेक बजाज मोटरसाइकलको खरिदमा २५ गुणासम्म नगद क्यास जित्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

यस्तो छ हालै सार्वजनिक बजाजको नयाँ मोटरसाइकल पल्सर एन२५० का ५ विशेषता

यस्तो छ हालै सार्वजनिक बजाजको नयाँ मोटरसाइकल पल्सर एन२५० का ५ विशेषता

भारतको दिग्गज टु ह्विलर कम्पनी बजाज अटोले बजाज पल्सर २५० रेन्जमा दुई...

बजाजको ‘नयाँ वर्ष अफर’ सकिन अब तीन दिनमात्र बाँकी

बजाजको ‘नयाँ वर्ष अफर’ सकिन अब तीन दिनमात्र बाँकी

काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...

टीभीएस, यामाहा र बजाजको महा एक्सचेन्ज मेला, कुन कत्तिको सफल

टीभीएस, यामाहा र बजाजको महा एक्सचेन्ज मेला, कुन कत्तिको सफल

नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्येका तीन ठूला टु ह्विलर ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...