टिभिएसको एओजी राइड सम्पन्न, ४० राइडरहरूको सहभागिता

काठमाडौँ - टिभिएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ राइड सम्पन्न गरेको छ।

४० राइडरहरूको सहभागिता रहेको उक्त राइडमा एओजी टिमले महेन्द्रनगर हुँदै बेटकोट नगरपालिका वडा नम्बर ७ मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र भएर खर्क रिसोर्टसम्मको यात्रा गरेको थियो।

युवाहरूको बाइकिङप्रतिको प्रेमलाई एकै छानोमुनि ल्याउनका साथै राइडरहरूबीचको भाइचारा बढाउन एओजी विगत एक वर्षदेखि लागिपरेको छ। राइडसँगै सामाजिक कार्यहरूमा पनि सहयोग पुर्‍याउँदै आएको एओजीले यसपटक भने बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र आश्रय लिएका १९ जना आमाबुवासँग भेटघाट गरी खाद्यान्न तथा टिसर्ट वितरण पनि गरेको हो।

पछिल्लो चार महिनामा एओजीले यस्ता ५४ वटा राइडहरू सम्पन्न गरिसकेको छ। जसले गर्दा एओजीमा आबद्ध हुन थप राइडरहरू आकर्षित भइरहेका छन्।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुईपांग्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १४० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ।

सम्बन्धित समाचारहरू

टीभीएसले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने, लियो अपाचे आरटिएक्सको ट्रेडमार्क

टीभीएसले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने, लियो अपाचे आरटिएक्सको ट्रेडमार्क

टीभीएसले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ । एड्भेन्चर सेग्मेन्टको...

१३ हजारसम्मले महंगो भयो टिभिएस बाइक, यस्तो छ ७ मोडलमा वढेको नयाँ मूल्य

१३ हजारसम्मले महंगो भयो टिभिएस बाइक, यस्तो छ ७ मोडलमा वढेको नयाँ मूल्य

टिभिएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

पुराना गाडीसँग प्रोटोन सागा र एक्स७० साट्न सकिने, विभिन्न अफर उपलब्ध

पुराना गाडीसँग प्रोटोन सागा र एक्स७० साट्न सकिने, विभिन्न अफर उपलब्ध

काठमाडौं – प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...