कोरला नाकामा ईभीको रौनकता, नजिकै चार्जिङ स्टेसनले थप्यो अर्को आकर्षण
रसुवा र तातोपानी नाका बाढी–पहिरोले अवरुद्ध भएपछि वैकल्पिक रूपमा...
काठमाडौं – केही दिन पहिले देखि बुकिङ शुरु गरिएको सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ काठमाडौं भित्रिएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले सो इलेक्ट्रिक कार केही दिन पहिले नै १०० भन्दा बढी युनिट बुकिङ भइसकेको जानकारी दिएको थियो । आगामी आइतबार देखि ग्राहकलाई गाडी समेत डेलिभरी दिने तयारी भएको कम्पनी स्रोतको भनाइ छ ।
ई–सी३ लाइभ र फिल गरी कुल दुई भेरिएन्टमा नेपालमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । कारमा २९.२ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ भने यसको पावर ५७ एचपी र टर्क १४३ एनएम छ । यसलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटर गुडाउन सकिन्छ । ३.३ किलोवाटको एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने ई–सी३ लाई डीसी फास्ट चार्जरको साहयतामा ५७ मिनेट भित्रै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ । सो कारलाई १०७ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ । यसमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।
अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्दै समग्र ड्राइभिङ अनुभव निखार्दछ ।
कम मूल्यमा धेरै फिचरहरु सहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन ई–सी३ एक आकर्षक रोजाई हो । यसको दमदार पर्फमेन्स, स्टाइलिश डिजाइन, दिगोपन, अत्याधुनिक प्रविधि र आकर्षक मूल्यले विद्युतीय गतिशीलता र लक्जरीलाई आम मानिसको सहज पहुँचमा ल्याएको छ ।
रसुवा र तातोपानी नाका बाढी–पहिरोले अवरुद्ध भएपछि वैकल्पिक रूपमा...
काठमाडौं– बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...
काठमाडौं – बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...