काठमाडौं महानगरले सार्वजिनक सडकमा पार्किङ संचालन गर्न अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगर क्षेत्रभित्रका सार्वजनिक सडकहरुमा पार्किङ संचालन गर्न काठमाडौं महानगरले अनुमति नदिने भएको छ। महानगरका मेयर बालेन शाहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै महानगर क्षेत्रभित्रका सार्वजनिक सडकहरुमा सावरी साधन पार्किङ संचालन गर्न काठमाडौं महानगरले अनुमति नदिने बताएका हुन्।

महानगर आफैले पार्किङ शुल्क समेत अशुल गर्ने र पार्किङ शुल्क तोक्न सक्ने अधिकार रहेको शाहले बताए। यस अनुसार उप दफा एकमा जे भएपनि ऐन जारी भएपछि काठमाडौं महानगरले आफ्नो अधिकार क्षेत्रभित्र निश्चित अवधि तोकिएको समयमा पार्किङ सुविधा उपलब्ध गराए वापत लाग्ने शुल्क अनुसूची ११ अनुसार निर्धारण गरिने उनले बताए।

अहिले सबै गाडीहरु सार्वजनिक सडकमा पार्किङ गर्ने गरिएको छ। जसले गर्दा सबै सडकहरु भिडभाड हुने र जाम हुने गरेको छ। तर महानगरले सार्वजनिक सडकहरुमा पार्किङ गर्न अनुमति नदिने योजनाको विकल्प भने ल्याएको छैन।

आगामी दिनमा यसका वारेमा थप विवरण आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

किन घट्यो दशैमा घर जाने मानिसको संख्या ? यस्तो छ यातायात विज्ञ गजुरेलको तर्क

किन घट्यो दशैमा घर जाने मानिसको संख्या ? यस्तो छ यातायात विज्ञ गजुरेलको तर्क

काठमाडौँ – दशै सुरू भएसँगै सधैजसो राजधानी बाहिर जान तछाडमछाड गर्ने...

काठमाडौं भित्रने सिस्ने खोला खण्ड एक हप्ता आंशिक बन्द हुने

काठमाडौं भित्रने सिस्ने खोला खण्ड एक हप्ता आंशिक बन्द हुने

नागढुंगा सुरुङ्ग मार्ग (त्रिभुवन राजपथ) को सिस्ने खोला क्षेत्रमा आंशिक...

मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि माघ ७ गतेसम्म बन्द हुने

मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि माघ ७ गतेसम्म बन्द हुने

मकवानपुर – मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...