क्रसफायरको हरेक शनिबार एड्भेन्चर राइड

डर्ट बाइक सेग्मेन्टमा लोकप्रिय ब्रान्ड क्रसफायरले हरेक शनिबार एड्भेन्चर राइड गर्दै आएको छ । ‘स्याटर्डे स्केप’ नामले आयोजना हुँदै आएको सो राइड विभिन्न स्थानमा गरिँदै आएको हो ।

आधिकारिक विक्रेता कम्पनी क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिका अनुसार यस प्रकारको राइड आयोजना हुँदा राइडरबीच भाइचाराको सम्वन्ध विकास हुन मद्दत पुगेको छ ।

मोटरसाइकलमा यात्रा गरेर प्राकृतिक सौन्दर्यमा रमाउँदै एड्भेन्चर राइडमा मज्जा लिन चाहनेहरुलाई लक्षित गरी आयोजना हुँदै आएको सो राइड क्रसफायर राइडरमाझ लोकप्रिय बनिरहेको छ । हरेक शनिबार फरकफरक गन्तव्यमा आयोजना हुने कारण नयाँ स्थानको पहिचान गर्न समेत उनीहरुलाई सहज भएको कम्पनीको भनाइ छ ।

‘हप्ताको ६ दिन आ–आफ्नो काममा व्यस्त रहने कारण सवैलाई फुर्सद हुने दिन पारेर हामीले हरेक शनिबार यस प्रकारको राइड आयोजना गर्दै आएका छौ । क्रसफायर भन्ने वित्तिकै एड्भेन्चर राइडका लागि उपयुक्त बाइक हो भन्ने राइडरमा परिसकेको छ । सो ब्रान्डको महत्व र यसमा पाइने असली पर्फमेन्सको अनुभूति गर्न पनि एड्भेन्चर राइडमा निस्कनै पर्ने हुन्छ । त्यसैले हामीले कम्तीमा पनि हप्ताको एकदिन सबै राइडरलाई समेटेर राइडमा जाने गरेका छौ’ कम्पनी स्रोतले नेपाल अटोसँग बताएको छ ।

राइडमा सहभागी भएर फर्किदा हरेक राइडरले फरक अनुभूति गर्ने र उनीहरुमाझ आ–आफ्नो अनुभव आदानप्रदान हुने कारण पनि यो राइडको महत्व वढ्दै गएको छ । यो राइडले क्रसफायर राइडरमाझ आत्मियता, भाइचारा र अनुभव सेयरिङको उचित प्लेटफर्मका रुपमा काम गरिरहेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

सुधारिएको इन्जिन र ग्राफिक्स सहित उही मूल्यमा नेपाल आयो क्रसफायर ट्रेकर २५०

सुधारिएको इन्जिन र ग्राफिक्स सहित उही मूल्यमा नेपाल आयो क्रसफायर ट्रेकर २५०

काठमाडौं – नेपाली बजारमा क्रसफायर ट्रेकर २५० मोटरसाइकलको नयाँ भर्सन...

क्रसफायरको काठमाडौं–दामन एड्भेन्चर राइड हुने

क्रसफायरको काठमाडौं–दामन एड्भेन्चर राइड हुने

काठमाडौं– क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड...

नयाँ एड्भेन्चर मोटरसाइकल क्रसफायर आरएमजेड२५० को प्रि–बुकिङ खुला, मूल्य ८ लाख ५९ हजार

नयाँ एड्भेन्चर मोटरसाइकल क्रसफायर आरएमजेड२५० को प्रि–बुकिङ खुला, मूल्य ८ लाख ५९ हजार

काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...