नयाँ ५० किलोवाट आवर ब्याट्रीयुक्त बीवाईडी एट्टो ३ मा यी हुनेछन् पहिलेको एट्टो ३ भन्दा फरक फिचर

नेपाली बजारमा बीवाईडी एट्टो ३ को नयाँ भेरिएन्ट आउने भए पछि फेरि इलेक्ट्रिक कार बजारमा अर्को चर्चा चुलिएको छ । पहिले देखि नै नेपाली बजारमा यो गाडी उपलब्ध भए पनि अब भने ब्याट्री क्षमता घटेर आउने भएको छ ।

नयाँ मोडलको रुपमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याकयुक्त एट्टो ३ हुनेछ । सो गाडीको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा १०० किलोवाट क्षमताको मोटर नै हुनेछ ।

नेपाली बजारमा पहिले देखि नै ६०.४८ किलोवाट आवरको ब्याट्री प्याकयुक्त एट्टो ३ छ । यसमा १०० किलोवाटको मोटर नै छ भने यसको मूल्य ६५ लाख ८८ हजार रुपैयाँ तोकिएको छ ।

४९.९२ किलोवाटयुक्त एट्टो ३ लाई एड्भान्स्ड र ६०.४८ किलोवाटयुक्त एट्टो ३ लाई सुपेरियर भनेर राखिएको छ । मूल्य वाहेक यी दुई गाडीको फिचरमा के फरक छ भन्ने कुरामा धेरैलाई चासो हुन सक्छ ।

यी दुई गाडीको रेन्ज, टायर साइज, स्पिकर, वायरलेस चार्जिङ, एम्बियन्ट लाइट डोर ह्यान्डल, डीसी चार्जिङ पोर्ट सीसीएस २, वान टच टेलगेट र पीएम २.५ एयर फिल्टर आदिमा फरक छ ।

एड्भान्स्डले ३४५ र सुपेरियरले ४२० किलोमिटर रेन्ज दिन्छ । वायरलेस चार्जिङ, वान टच टेलगेट र पीएम २.५ एयर फिल्टर एड्भान्स्डमा छैन, तर अर्कोमा छ ।

यी दुई गाडीमा यस्ता फिचर फरक भए पनि पर्फमेन्समा भने खासै फरक नहुने देखिएको छ ।

सम्बन्धित समाचारहरू

जेठ महिनामा भित्रिए २ हजार २४० ईभी, पहिले र अहिलेको ट्रेन्डमा के फरक ?

जेठ महिनामा भित्रिए २ हजार २४० ईभी, पहिले र अहिलेको ट्रेन्डमा के फरक ?

काठमाडौं – यो वर्षको जेठ महिनामा नेपालमा २ हजार २४० इलेक्ट्रिक कार अर्थात...

२०३५ सम्ममा ईभीबाट मात्र सेवा दिने स्पार्क ग्रुपको योजना

२०३५ सम्ममा ईभीबाट मात्र सेवा दिने स्पार्क ग्रुपको योजना

नेपालमा स्तरिय कार रेन्टल सेवा उपलब्ध गराउँदै आएको स्पार्क ग्रुपले सन्...

चाइनिज कार ब्रान्ड सेरेस र स्काइवेल यो वर्ष युकेमा लन्च हुने पक्का

चाइनिज कार ब्रान्ड सेरेस र स्काइवेल यो वर्ष युकेमा लन्च हुने पक्का

चाइनिज कार ब्रान्ड सेरेस र स्काइवेल यो वर्षको अन्त्य सम्ममा युके बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...