२०२४ भर्सनको बीवाईडी एट्टो ३ नेपालमा
नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको...
काठमाडौं – नेपालका लागि बीवाईडी इलेक्ट्रिक कारको आधिकारिक वितरक साइमेक्स इंकले हाल उपलब्ध एट्टो ३ लाई परिमार्जित भर्सनमा उपलब्ध गराउने भएको छ ।
अब सो इलेक्ट्रिक कार ५० किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ, जसले सिंगल चार्जमा ३५० किलोमिटरको रेन्ज दिनेछ ।
हाल उपलब्ध बीवाईडी एट्टो ३ मा ६०.४ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिन्छ ।
पछिल्लो समयमा नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक कारहरु भित्रिरहेका छन् र प्रतिस्पर्धा बढिरहेको छ । यो अवस्थामा प्रतिस्पर्धामा सामेल हुनका लागि विभिन्न फिचरहरुमा परिमार्जन गर्ने लहर बढ्दो छ । यो अवस्थामा बीवाईडी पनि सामेल भएको हो ।
ब्याट्री क्षमता घटाइए पनि यसको इन्टेरियरका केही फिचर बाहेक अन्य फिचर भने नघट्ने साइमेक्स इंकको भनाइ छ । हाल उपलब्ध एट्टो ३ को मूल्य ६४ लाख ९० हजार भएकोमा अब नयाँ एट्टो ३ को मूल्य ५५ लाखको हाराहारी हुने अनुमान गरिएको छ ।
नयाँ एट्टो ३ को बुकिङ खुला गरिने र केही समय पश्चात डेलिभरी गरिने छ ।
नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको...
काठमाडौं – उज्यालो अभियानका नायक मानिएका कुलमान घिसिङ हालै भौतिक...
काठमाडौं – नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...