सुधारिएको इन्जिन र ग्राफिक्स सहित उही मूल्यमा नेपाल आयो क्रसफायर ट्रेकर २५०

काठमाडौं – नेपाली बजारमा क्रसफायर ट्रेकर २५० मोटरसाइकलको नयाँ भर्सन भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले सुधारिएको इन्जिन र ग्राफिक्स सहित सो मोटरसाइकल भित्र्याएको हो ।

इन्जिन सुधारिएका कारण मोटरसाइकल चलाउदा हल्लिएको अनुभव हुँदैन भने नयाँ ग्राफिक्सका कारण यसको लुक्स झनै आकर्षक बनेको छ ।

सो मोटरसाइकल हाल क्रसफायरले उपलब्ध गराइरहेको नयाँ वर्ष २०८० अन्तर्गतको अफरमा पनि लिन सकिन्छ । ग्राहकले नगदमै मोटरसाइकल किन्दा शुरुमा स्क्र्याच कार्ड पाउछन् र स्क्र्याच गर्दा न्यूनतम १० हजार देखि २५ हजार रुपैयाँ सम्म छुट पाउने सम्भावना हुन्छ । २५ हजार भन्दा कम छुट पाउने भए पछि कम्पनीको तर्फबाट विभिन्न एसेसरिज प्रदान गरिन्छ ।

त्यसैगरी ५० प्रतिशत डाउन पेमेन्ट गर्दा १२ महिना सम्म तिर्ने गरी बाँकी रकम शून्य प्रतिशत ब्याजदरमा तिर्न सकिने सुविधा उपलब्ध हुन्छ । त्यसैगरी १८ महिनामा तिर्न सकिने स्किममा समेत यो मोटरसाइकल लिन सकिन्छ ।

नयाँ ग्राफिक्स सहितको क्रसफायर ट्रेकर २५० को मूल्य ४ लाख १० हजार रुपैयाँ नै तोकिएको छ । नयाँ मोडल भए पनि यसको मूल्य परिवर्तन गरिएको छैन ।

सम्बन्धित समाचारहरू

क्रसफायरले ल्यायो नयाँ वर्ष अफर, नगद छुट र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन पाइने

क्रसफायरले ल्यायो नयाँ वर्ष अफर, नगद छुट र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन पाइने

काठमाडौं– क्रसफायर र इटालिका मोटो मोटसाइकलको नेपालका लागि आधिकारिक वितक...

याङ्गोलाई २५ यूनिट ग्यारो स्कुटर हस्तान्तरण, छिट्टै १०० यूनिट पु-याउने लक्ष्य

याङ्गोलाई २५ यूनिट ग्यारो स्कुटर हस्तान्तरण, छिट्टै १०० यूनिट पु-याउने लक्ष्य

काठमाडौं – क्रसफायर अन्तर्गतको ग्यारो लिथियम नेपालले याङ्गो ड्राइभरा...

मूल्य घट्दा समेत क्रसफायरले ल्यायो १० हजार छुट र १ लाख जित्ने अफर

मूल्य घट्दा समेत क्रसफायरले ल्यायो १० हजार छुट र १ लाख जित्ने अफर

काठमाडौं – क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक बिक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...