नेक्सन इभी र टिगोरमा कुन किन्ने ? यस्तो छ बिशेषता(मूल्य सहित)
भारतीय अटो उत्पादक टाटा मोटर्सले निर्माण गरेको नेक्सन इभी नेपाल भित्रिएको...
काठमाडौं – नेपाली ग्राहकले १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ को डेलिभरी पाउन थालेका छन् । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले शुक्रबार देखि सो गाडीको डेलिभरी प्रारम्भ गरेको बताएको छ ।
साइमेक्स इंकले गत माघ महिनाको अन्तिम साता सो गाडी सार्वजनिक गर्दै बुकिङ खुला गरेको थियो । पहिले १५० किलोवाट क्षमतामा बिक्री गर्दै आइरहेको एट्टो ३ लाई मोटर क्षमता घटाएर १०० किलोवाटमा नेपाल ल्याएको थियो । यसको मूल्य ६४ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
पहिलो लटका ग्राहकलाई हाल डेलिभरी दिन थालिएको र क्रमशः अन्य ग्राहकलाई समेत गाडी डेलिभरी दिने कम्पनीको भनाइ छ ।
मोटर क्षमता घटेर आएपनि एट्टो ३ मा बीवाईडीले ब्याट्रीको आकार र अन्य फिचरमा भने कुनै कटौती गरेको छैन् । यसअघिको १५० किलोवाटमा उपलब्ध ६०.४ किलोवाट आवरको व्लेड ब्याट्रीलाई नै निरन्तरता दिएको छ । कम्पनीको दावी अनुसार यो कारलाई एकपटक फूल चार्ज गर्दा ४२० किलोमिटर रेन्ज पाउन सकिन्छ । ७ किलोवाटको चार्जरबाट चार्ज गर्दा ६ घन्टा १० मिनेटमा फुल चार्ज गर्न सकिने एट्टो ३ लाई ८० किलोवाटको डिसी फास्ट चार्जरले ४५ मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।
सेफ्टी फिचर अन्तर्गत यो एसयूभीमा ७ वटा एयरब्याग, अगाडि भेन्टिलेटेड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ । साथै इलेक्ट्रिक पार्किङ ब्रेक, एबीएस, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटिक ब्रेकिङ, फ्रन्ट कोलिजन वार्निङ, डोर ओपन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट लगायतका फिचर पाउन सकिन्छ ।
आकर्षक इन्टेरियर दिइएको यो कारमा मल्टी फङ्सनल स्टेरियङ ह्विल, ५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लष्टर, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, किलेस इन्ट्री, ८ वटा स्पिकर, लेदर सिट, फोल्ड गर्न मिल्ने रियर सिट, ६ तरिकाले मिलाउन सकिने ड्राइभर सिट, आइएसओ फिक्स चाइल्ड सिट लगायत पाउन सकिन्छ ।
भारतीय अटो उत्पादक टाटा मोटर्सले निर्माण गरेको नेक्सन इभी नेपाल भित्रिएको...
चिनियाँ इलेक्ट्रिक सवारीसाधन अर्थात ईभी ब्याट्री निर्माता कम्पनीहरूले...
काठमाडौं– बीवाइडीको नयाँ कार एम६ नेपाल आउने भएको छ । आगामी भदौ ११ गतेदेखी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...