बीवाईडीका इलेक्ट्रिक कार किन्न एनएमबि बैंकले निश्चित दरमा फाइनान्स गर्ने

काठमाडौं – बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिद्युतीय सवारीका लागि एनएमबि बैंकसँग बीवाईडीका सवारी साधनहरु आकर्षक ब्याजदर सहित उपलब्ध गराउनका लागि सम्झौता गरेको छ ।

साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ भन्छिन्, ‘बीवाईडी विश्वभरका मानिसहरुलाई दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ । एनएमबि बैंकसँगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँचयोग्य बनाउँन मद्दत गर्नेछ ।’

बीवाईडी बिभिन्न मोडलका बिद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो । यसका बिद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन । नेपालमा बिद्युतीय सवारी साधनको बढ्दो
मागसँगै यस साझेदारीले दिगो तथा गतिशील समाधानहरु अपनाउन प्रवर्धन गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

एनएमबि बैंकले ५ वर्षसम्मका लागि १२.४९ प्रतिशत निश्चित दरमा, अनि त्यसपछिको २ वर्षसम्म सामान्य दरमा ८० प्रतिशत ईभी फाइनान्स प्रदान गर्नेछ ।

एनएमबि बैंक र साइमेक्स इंक प्रालि बीचको सम्झौता एक दिगो भविष्य प्राप्त गर्नको लागि एक ठोस कदम भएको बैंकको भनाइ छ । सो वित्तीय व्यवस्थाले नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र दिशानिर्देशहरुको पालना गर्ने र भरपर्दो वित्तीय विकल्प उपलब्ध गराएको सुनिश्चित गर्ने बताइएको छ ।

साइमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ (रु ६४.९० लाख), नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने बीवाईडी अल न्यु ई६ (रु. ५९ लाख) मा बजारमा उपलब्ध गराइरहेको छ ।

केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले भर्खरै लन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ अब १२ लाख ९८ हजार वा बीवाईडी अल न्यु ई६ मात्र रु ११ लाख ८० हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

डोङफेङ नामीको अत्याधुनिक शोरुम  नागपाेखरी नक्सालमा खुल्दै, खुल्याे टेस्ट ड्राइभ

डोङफेङ नामीको अत्याधुनिक शोरुम नागपाेखरी नक्सालमा खुल्दै, खुल्याे टेस्ट ड्राइभ

काठमाडौं – काठमाडौंको नक्सालमा डोङफेङ नामीको अत्याधुनिक शोरुम खुल्ने...

महिला अटोमोबाइल व्यवसायीको फरक पहिचानका साथ यमुनाको उपस्थिति

महिला अटोमोबाइल व्यवसायीको फरक पहिचानका साथ यमुनाको उपस्थिति

नेपाली अटोमोबाइल क्षेत्रमा यमुना श्रेष्ठ चिनाइरहनु पर्ने नाम होइन । गत...

सोनी होन्डा ज्वाइन्ट भेन्चरमा बन्ने ईभी सीईएसमा सार्वजनिक, लक्जरी ईभीको यस्तो हुनेछ मूल्य र फिचर

सोनी होन्डा ज्वाइन्ट भेन्चरमा बन्ने ईभी सीईएसमा सार्वजनिक, लक्जरी ईभीको यस्तो हुनेछ मूल्य र फिचर

स्मार्टफोन निर्माता सोनी र कार निर्माता कम्पनी होन्डाको ज्वाइन्ट भेन्चर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...