डीडीडी फिचर : यस्तो छ ड्राइभर सुतेमा अलार्म बज्ने महिन्द्राको कार

विश्वमा निद्राका कारण हुने सडक दुर्घटनाको संख्या धेरै छ । लामो यात्रामा धेरैजसो मानिस सुत्ने भएकाले ठूला दुर्घटना हुने गरेको छ । अब महिन्द्राले ड्राइभर सुत्यो भने अलार्म बज्ने आफ्नो २ वटा एसयूभी ल्याएको छ ।

महिन्द्राले एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) को साथै ड्राइभर ड्राउजिनेस डिटेक्सन (डीडीडी) फिचर समेत अब उपलब्ध गराएको छ । यो फिचरले ड्राइभरलाई निद्रा लागेमा वा उँघेमा सचेत गराउँछ । कारको स्टेयरिङ ह्विलमा भाइब्रेसन अलर्ट उपलब्ध छ । यस क्रममा कारमा लगातार अलार्म बज्न थाल्छ र ठूलो दुर्घटना हुनबाट जोगिन्छ ।

कारको यो फिचरले स्टेयरिङमा चालकको मुभमेन्ट डिटेक्ट गर्छ । जब कारको स्टेयरिङमा कुनै किसिमको मुभमेन्ट हुँदैन तब यो सक्रिय हुन्छ र यो फिचर सक्रिय हुन्छ । ड्राइभरले मदिरा सेवन गरेको अवस्थामा पनि यो फिचरले कार स्टार्ट हुन दिँदैन

महिन्द्राले आफ्नो नयाँ एसयूभी एक्सयूभी ७०० र स्कोर्पियो एनमा यो फिचर दिएको छ । कम्पनीले सो फिचर यी दुबै एसयूभीको टप मोडलमा ल्याएको छ । केही प्रिमियम कारमा सो सुविधा पहिलेदेखि नै रहेको भए पनि यी कार अधिकांश भारत भन्दा अन्य देशको कम्पनीका मात्र थिए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...