देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, टाटाका नक्कली पार्ट्स विक्रेतालाई गराइयो सचेत

काठमाडौं – विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्र्याइएकोे सुराकीको आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा यस प्रकारका अवैध कारोवार गर्ने व्यक्तिहरुको खोजी कार्य जारी भइरहेको जनाइएको छ ।

यसै क्रममा टाटाका अवैध पार्ट्सको कारोवार गर्ने जडिबुटीस्थित न्यु थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक बिनोद कार्की र पोखरास्थित स्टार अटो पार्ट्सका सञ्चालक सतिश शाक्य तथा पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४, सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जीवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामना इन्टरनेसनलका सञ्चालक ध्रुव सिंह चौहान लगायतका व्यक्तिहरुलाई सम्बन्धित निकायमा उपस्थित गरार्ई अबका दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराई पठाइएको टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जनाएको छ ।

यस्ता पार्टपुर्जाको प्रयोगले गाडीहरु अप्रत्याशित दुर्घटना भई ठुलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन सक्छ भने राज्यलाई पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको छ । साथै वैधानिक रुपमा कारोवार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष रुपमा प्रभावित भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन् ।

यस कुरालाई ध्यानमा राख्दै नेपाल प्रहरी र प्रशासनद्वारा काठमाडौ उपत्यका लगायत देशका मुख्य शहरहरु र पश्चिम तराईका जिल्लाहरुमा अवैध कारोवारमा संलग्न व्यक्तिहरुको व्यापक खोजी कार्य र कारवाहीलाई तीव्र बनाएको बताइएको छ ।

यस प्रकारको कार्यमा कोही व्यक्ति वा संस्थाको संंलग्नता भेटिएमा हदैसम्मको कारवाही हुने व्यवस्था रहेको सिप्रदीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

क्रेटालाई पछि पार्दै नेक्सन वन्यो २०२२ मा सर्बाधिक विक्री हुने एसयूभी

क्रेटालाई पछि पार्दै नेक्सन वन्यो २०२२ मा सर्बाधिक विक्री हुने एसयूभी

काठमाडौं– सन् २०२२ मा भारतीय बजारमा सर्वाधिक विक्री हुने एसयूभीमा टाटा...

लुब्रिकेन्ट्सको प्लान्ट लगाउने तयारीमा सर्बो र एचपी, सत्यदिप ग्रुपको प्लान्ट अन्तिम चरणमा

लुब्रिकेन्ट्सको प्लान्ट लगाउने तयारीमा सर्बो र एचपी, सत्यदिप ग्रुपको प्लान्ट अन्तिम चरणमा

सवारीसाधन र बिभिन्न मेसिनरी उपकरणहरुमा प्रयोग हुने लुब्रिकेन्ट्सको...

भविष्यमा कस्तो कार बन्लान्, यस्तो देखायो एआईले

भविष्यमा कस्तो कार बन्लान्, यस्तो देखायो एआईले

कार र प्रेम शब्दहरू एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्। कार केवल सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...