अर्को नयाँ एड्भेन्चर मोटरसाइकल नेपाल आउँदै, यस्तो छ फिचर, पावर र पर्फमेन्स

सुजुकीले केही समयअघि भारतमा लन्च गरेको एड्भेन्चर टुरर वाइक भी स्ट्रोम २५० अवको केही महिनापछि नेपाल आउने भएको छ । यो नयाँ वाइकलाई नेपाल ल्याउने तयारीमा आफूहरु रहेको आधिकारिक वितरक भीजी अटोमोवाइल स्रोतले नेपाल अटोलाई वताएको छ । उक्त स्रोतका अनुसार नेपाली नयाँ वर्ष २०८० को आसपासमा यो वाइक नेपाल आइपुग्ने छ ।

डेली कम्यूट, हाइवेमा लामो यात्रा र अफरोडका लागी समेत उपयोगी हुनेगरी डिजाइन गरिएको यो एड्भेन्चर टुरर बाइकमा सुजुकीको इजी स्टार्ट सिस्टम, सुजुकी राइड कनेक्ट र यूएसबी आउटलेट उपलब्ध गराइएको छ ।

यो नयाँ वाइकमा २४९ सिसी क्षमताको सिंगल सिलिन्डर आयल कुल्ड एसओएचसी इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २६.५ पिएस र टर्क २२.२ एनएम रहेको छ । यो बाइकमा सुजुकीले अक्टागोनल आकरको एलइडी हेडलाइट जडान गरेको छ जसले बाइकको लुक्सलाई थप स्लिक देखाउन मद्धत गरेको छ । साथै पछाडी उच्च पवारयुक्त एलइडी टेल लाइट दिइएको छ । यसको ग्राउन्ड क्लिरियन्स २०५ एमएम र सिट हाइट ८ सय ३५ एमएम रहेको छ ।

यसमा दिइएको इजी स्टार्ट सिस्टमका कारण बटनलाई क्लिक गरिएकै भरमा इन्जिन स्टार्ट गर्न सकिन्छ । सुजुकी राइड कनेक्ट अन्तर्गत राइडरले आफूसंग भएको स्मार्ट फोनलाई ब्लुटुथ मार्फत यसको डिजिटल कन्सोलमा कनेक्ट गरी टर्न वाई टर्न नेभिगेसन, फोन आएको जानकारी, एसएसम अलर्ट, ह्वाट्स एप अलर्ट डिस्प्ले, मिस काल, गती उच्च भएको बारे चेतावनी र फोनको व्याट्रीको चार्जिङ वारे जानकारी लिन सक्नेछन् ।

सम्बन्धित समाचारहरू

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

भारतमा यो वर्षको पहिलो महिना अर्थात २०२६ जनवरीमा सबैभन्दा धेरै बिक्री...

सुजुकीले ल्यायो ४ भाग्यमानी ग्राहकले पाउने होलिडे प्याकेज सहितको मनसुन फ्रि सर्भिस क्याम्प

सुजुकीले ल्यायो ४ भाग्यमानी ग्राहकले पाउने होलिडे प्याकेज सहितको मनसुन फ्रि सर्भिस क्याम्प

काठमाडौं – नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी...

मारुती सुजुकीको अर्को एसयूभी ग्रान्ड भिटारा : जुलाई २० मा लन्च हुने

मारुती सुजुकीको अर्को एसयूभी ग्रान्ड भिटारा : जुलाई २० मा लन्च हुने

मारुती सुजुकी इन्डिया लिमिटेडले आगामी मिडसाइज एसयूभीको नाम ग्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...