बोलेरो गाडी एकाएक जमिनमा भासिएर बेपत्ता ….
काठमाडौं – हेटौँडामा जमिनमुनि भासिएको बोलेरो गाडी बेपत्ता भएको छ ।...
महिन्द्राले आफ्नो फ्ल्यागसिप मोडल अल्टुरस जी४ को उत्पादन वन्द गर्ने भएको छ । यो एसयूभीलाई कम्पनीले आफ्नो वेभ साइटवाट समेत हटाइसकेको छ भने डिलरहरुले समेत वुकिङ लिन वन्द गरिसकेका छन् ।
कोरियन व्राण्ड साङयोङको रेक्स्टन एसयूभीमा महिन्द्राको लोगो प्रयोग गरी भारतमा एसेम्वल गरिएको यो एसयुभीले बजारमा खासै राम्रो गर्न सकिरहेको थिएन । अघिल्लो वर्षको सेप्टेम्वर महिनामा यसको फूल्ली लोडेड ४x२ हाई भेरियन्ट लन्च गरिएको थियो । जसले भारतमा टोयोटा फर्चूनर र एमजी ग्लोस्टरसंग प्रतिस्पर्धा गर्दै आइरहेको थियो । यो एसयूभीको मूल्य ३० लाख ६८ हजार भारु निर्धारण गरिएको थियो ।
महिन्द्राको हाल उपलब्ध मोडलमध्ये सवैभन्दा महंगो एसयूभीका रुपमा परिचित यो एसयूभीको उत्पादन वन्द हुनुका पछाडी उसको साङयोङसंगको सहकार्य टुंगिनुलाई प्रमुख कारण मानिएको छ । यसअघि महिन्द्राले साङयोङलाई आफू मातहत ल्याएपनि पछि उक्त व्राण्ड इडिसन मोटरलाई बिक्री गरेको थियो । व्राण्ड नै विक्री गरिसकेपछि उसले एसेम्वल किटको अभाव समेत झेल्नु परेको थियो ।
महिन्द्राको यो एसयूभीमा २.२ लिटर डिजेल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १८१ विएचपी र टर्क ४२० एनएम रहेको छ । मर्सिडिजबाट लिइएको ७ स्पिड अटोमेटिक ट्रान्समिन जडित यो एसयूभी रियर ह्विल र अल ह्विल ड्राइभ मोडमा उपलब्ध हुँदै आएपनि पछिल्लो समय कम्पनीले यसको ह्विल ड्राइभ भने कटौती गरेको थियो ।
भारतमा सार्वजनिक भएपछि यो एसयूभी नेपाली बजारमा समेत आउने अनुमान गरिएको थियो । तर नेपाल नआउँदै यसको उत्पादन वन्द गर्ने निर्णयमा कम्पनी पुगिसकेको छ भने नयाँ थार र एक्सयूभी ७०० लाई समेत नेपाल पठाउने विषयमा कम्पनीले निर्णय लिन सकिरहेको छैन ।
काठमाडौं – हेटौँडामा जमिनमुनि भासिएको बोलेरो गाडी बेपत्ता भएको छ ।...
महिन्द्रा एण्ड महिन्द्राले आफ्नो लोकप्रिय सब–कम्प्याक्ट एसयूभी...
अग्नि ग्रुपले हालै दमकको क्यापस मोडमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरुम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...