अल्ट्राभाइलेटको वहुप्रतिक्षित इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक, रेन्ज ३०७ किलोमिटरसम्म

भारतमा हिँजो नयाँ व्रान्डको इलेक्ट्रिक मोटरसाइल लन्च गरिएको छ । अल्ट्राभाइलेट अटोमोटिभले एफ ७७ इलेक्ट्रिक मोटरसाइकलको तीन भेरियन्ट लन्च गरेको हो ।

स्पोर्ट सेग्मेन्टको यो मोटरसाइकललाई औपचारिक लन्च गर्नु अगावै विश्वका १०९ देशबाट ७० हजार भन्दा बढी ग्राहकले वुकिङ गरेका थिए । जसका कारण यो नयाँ मोटरसाइकल धेरैका लागी वहुप्रतिक्षित वन्दै आइरहेको थियो ।

जेट फाइटरबाट प्रेरित भई डिजाइन गरिएको यो नयाँ मोटरसाइकल स्ट्यान्डर्ड, रिकन र लिमिटेड एडिसन गरी कुल तीन भेरियन्टमा उपलब्ध गराइएको छ । जसमध्ये लिमिटेड एडिसन भने जम्मा ७७ युनिटमात्र उपलब्ध हुनेछ । यी मोटरसाइकलको मूल्य क्रमश ३ लाख ८० हजार, ४ लाख ५५ हजार र ५ लाख ५० हजार भारु निर्धारण गरिएको छ ।

यो मोटरसाइकलको अगाडी एडजष्ट गर्न मिल्ने यूएसडी फर्क सस्पेन्सन जडान गरिएको छ भने पछाडी मोनोशक सस्पेन्सन दिइएको छ । यसमा डबल डिस्क ब्रेक, डबल च्यानल एबीएस जस्ता फिचर उपलब्ध गराइएको छ ।

यसको स्ट्यान्डर्ड भेरियन्टमा ७.१ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ भने मोटरको क्षमता २७ किलोवाट रहेको छ । ३६.२ विएचपी पावरको यो भेरियन्टले सिंगल चार्जमा २०६ किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ ।

अन्य दुई भेरियन्ट रिकन र लिमिटेड एडिसनमा भने १०.३ किलोवाट आवरको व्याट्री प्याक जडान गरिउको छ भने मोटरको क्षमता क्रमश २९ र ३०.२ किलोवाट रहेको छ । जसमध्ये रिकनको अधिकतम पावर ३८.९ विएचपी र लिमिटेड एडिसनको ४०.५ बिएचपी रहेको छ ।

यी दुवै भेरियन्टले ३०७ किलोमिटर रेन्द प्रदान गर्ने दावी गरिएको छ । शून्य देखि ६० किलोमिटर प्रतिघण्टाको स्पीड मात्र २.८ सेकेन्डमा पूरा गर्ने वताइएको यसको टप स्पीड भने १४७ किलोमिटर प्रतिघण्टा रहेको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी कारमा ठूलो मूल्य कटौतीपछि बजारमा हलचल

बीवाईडी कारमा ठूलो मूल्य कटौतीपछि बजारमा हलचल

बीवाईडीले आफ्ना इलेक्ट्रिक र प्लग-इन हाइब्रिड कारको मूल्यमा ठूलो कटौतीको...

२०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको ३२८ बुकिङ, सुदृढ गर्दै अन्तर्राष्ट्रिय उपस्थिति

२०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको ३२८ बुकिङ, सुदृढ गर्दै अन्तर्राष्ट्रिय उपस्थिति

इन्डोनेसियामा सम्पन्न २०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको...

बीवाईडीले मनायो ३०औं वार्षिकोत्सव, हस्तान्तरण ग-यो १ करोडौ न्यु इनर्जी भेइकल

बीवाईडीले मनायो ३०औं वार्षिकोत्सव, हस्तान्तरण ग-यो १ करोडौ न्यु इनर्जी भेइकल

न्यु इनर्जी भेइकल्स (एनईभीज) र पावर ब्याट्रीको क्षेत्रमा विश्वकै प्रमुख...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...