विद्युतिय कार उत्पादनमा ठूलो रकम लगानी गर्ने माज्दाको घोषणा

जापनिज अटो निर्माता माज्दाले विद्युतिय कार र व्याट्रीको उत्पादनमा ठूलो रकम लगानी गर्ने घोषणा गरेको छ । उसले सवारीसाधन र व्याट्रीमा गरी कुल ११ अर्व डलर हाराहारी लगानी गर्ने घोषणा गरेको हो । कम्पनीले सन् २०३० सम्ममा आफूले बिक्री गर्ने कुल सवारीको ४० प्रतिशतसम्म हिस्सा विद्युतिय पुर्याउने लक्ष्य लिएको छ ।

विश्वका अधिकांश ठूला सवारी उत्पादकले विद्युतिय कार उत्पादनमा जोड दिँदै आइरहेको समयमा माज्दाको यस्तो घोषणा आएको हो । जापानका दुई ठूला अटो उत्पादक टोयोटा र होन्डाले पनि विद्युतिय सवारी उत्पादमा ठूलो रकम लगानी गर्ने यसअघि बताइसकेका छन् भने निशानले विगत लामोसमयदेखी यो सेग्मेन्टका कार उत्पादन गरिरहेको छ ।

लक्जरी अटो व्रान्डका रुपमा परिचित माज्दा विगत लामो समयदेखी नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । हाल यो व्रान्डका सवारीसाधनलाई पारामाउन्ट मोटर्सले आयत गरी विक्रीवितरण गरिरहेको छ । जसका आधारमा भोलिका दिनमा यो व्रान्डको विद्युतिय कार समेत नेपाल आउने संभावना देखिएको छ ।

सम्बन्धित समाचारहरू

२०२४ भर्सनको बीवाईडी एट्टो ३ नेपालमा

२०२४ भर्सनको बीवाईडी एट्टो ३ नेपालमा

नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको...

एथर इलेक्ट्रिक स्कुटर रिज्टाका ४ उत्कृष्ट फिचर

एथर इलेक्ट्रिक स्कुटर रिज्टाका ४ उत्कृष्ट फिचर

एथरले आफ्नो इलेक्ट्रिक स्कुटर रिज्टा अप्रिल २०२४ मा भारतीय बजारमा लन्च...

तेलको मूल्य बढ्दा बीवाईडीलाई फाइदा, बढायो ईभी बिक्रीको अन्तर्राष्ट्रिय लक्ष्य

तेलको मूल्य बढ्दा बीवाईडीलाई फाइदा, बढायो ईभी बिक्रीको अन्तर्राष्ट्रिय लक्ष्य

मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...