हाल सम्मकै सबैभन्दा बढी क्षमता भएको इलेक्ट्रिक स्कुटर नेपालमा
काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर...
टाटा मोटर्सले आज टिगोर इभीको दुई नयाँ भेरिएन्ट लन्च गरेको छ । यसअघि कारोबार हुँदै आइरहेको टिगोरमा नयाँ फिचर्स थप गरिएका कारण रेन्ज समेत ९ किलोमिटर वृद्धि भएको कम्पनीले बताएको छ । यसअघिको मोडलले सिंगल चार्जमा ३०६ किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएकोमा नयाँ भेरिएन्टले ३१५ किलोमिटर दिने दावी छ ।
यो इभी अव एक्सई, एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी कुल ४ भेरिएन्टमा उपलब्ध हुनेछ । जसमध्ये एक्सटी र एक्सजेड प्लस लक्जरी नयाँ भेरिएन्ट हुन् । यसअघिको एक्सएम भेरिएन्टलाई विस्थापन गरेर आएको एक्सटी भेरियन्टलाई १२ लाख ९९ हजार र एक्सजेड प्लस लक्जरी भेरिएन्टको १३ लाख ७५ हजार भारु तोकिएको छ ।
नयाँ भेरियन्टमा टाटा मोटर्सले क्रुज कन्ट्रोल समेत थप गरेको छ । क्रुज कन्ट्रोल वाहेक यसमा लेदर अपहलेस्ट्री, अटोमेटिक हेल्याम्प, रेन सेन्सिङ वाइपर र मल्टिपल रिजेनेरेशन मोड समेत उपलब्ध गराइएको छ । साथै यसमा ७ इन्चको टचस्क्रिन र स्टेरिङ माउन्टेड कन्ट्रोल जस्ता फिचर्स समेल गरिएका छन् ।
नेपाली बजारमा समेत उपलब्ध टिगोर इभीमा २६ किलोवाट आवर क्षमताको व्याट्री जडान गरिएको छ । यो इलेक्ट्रिक कम्प्याक्ट सेडानको पावर ७५ पिएस र टर्क १७० एनएम रहेको छ ।
काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर...
कोरीयाली अटो उत्पादक हुन्डाईले आगामी सात वर्षमा विद्युतीय गाडी उत्पादनका...
एमजी मोटरले जेडएस ईभीको फेसलिफ्ट युरोपेली बजारमा सार्वजनिक गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...