लिक्विड कुल्ड व्याट्री, गियर वक्स र एविएस भएको पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक

भारतको इभी स्टार्टअप कम्पनी मेटरले नयाँ इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गरेको छ । इलेक्ट्रिक मोटरसाइकलमा पहिलोपटक गियर वक्स जडान गरिएको यो नयाँ मोटरसाइकलमा लिक्विड कुल्ड व्याट्री र एबिएस समेत दिइएको छ । जुन इलेक्ट्रिक मोटरसाइकलका लागि ‘फस्र्ट इन क्लास’ फिचर रहेको उसको दावी छ । मेटरले अवको केही समयपछि यसको मूल्य सार्वजनिक गर्ने र संगसंगै वुकिङ पनि खुल्ला गर्ने जनाएको छ ।

यो नयाँ मोटरसाइकलमा ५ किलोवाट क्षमताको आइपी ६७ रेटेड लिक्विड कुल्ड व्याट्री जडान गरिएको छ भने मोटरको क्षमता १०.५ किलोवाट रहेको छ । यसलाई एकपटक फुल चार्ज गर्दा १५० किलोमिटरसम्म रेन्ज पाउन सकिने कम्पनीको दावी छ । ५ घण्टामा ५ एम्पिएरको सामन्य प्लगबाटै यसलाई फुल चार्ज गर्न सकिन्छ ।

डुअल च्यानल एबिएस समेत दिइएको यसमा ७ इन्चको टच स्क्रिन एलइइडी डिस्प्ले रहेको छ । जहाँ नेभिगेसन, नोटिफिकेसन अलर्ट र म्यूजिक प्लेको सुविधा समेल गरिएको छ । जसलाई ह्यान्डलबारमा दिइएको स्विच गियरमार्फत कन्ट्रोल गर्न सकिन्छ । चावी वेगरनै स्टार्ट गर्न सकिने यो मोटरसाइकलको ट्यांक मुनि ५ लिटरको ग्लोभ वक्स र चार्जिङ सकेट उपलब्ध छ ।

परम्परागत न्यकेड स्ट्रिट फाइटरको डिजाइनमा आधारित यो नयाँ मोटरसाइकल ३ भेरियन्टमा उपलब्ध हुने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

‘इन्टरनेसनल आउटस्ट्यान्डिङ डिस्ट्रिब्युटर अवार्ड’ बाट मेगा मोटर्स सम्मानित

‘इन्टरनेसनल आउटस्ट्यान्डिङ डिस्ट्रिब्युटर अवार्ड’ बाट मेगा मोटर्स सम्मानित

काठमाडौँ – चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी कामाको वार्षिक...

मोटरस्पोर्ट प्रवेशको तयारीमा बीवाईडी, फर्मुला वान प्रवेशको सम्भावना

मोटरस्पोर्ट प्रवेशको तयारीमा बीवाईडी, फर्मुला वान प्रवेशको सम्भावना

चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले विश्वकै उच्चस्तरीय...

मुस्ताङ यात्रा अफर सहित सार्वजनिक भयो एरोमा डर्ट बाइक र यसको मूल्य

मुस्ताङ यात्रा अफर सहित सार्वजनिक भयो एरोमा डर्ट बाइक र यसको मूल्य

काठमाडौं – नेपाली बजारमा पहिलो पटक एरोमा ब्रान्डको डर्ट बाइक भित्रिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...