१६ लाख देखि २५ लाख सम्मको मूल्यमा एकसेएक साना र सस्ता इलेक्ट्रिक कार नेपालमा

भारतमा एक स्टार्टअप कम्पनी पीएमभीले सस्तो इलेक्ट्रिक कार ईएसएस–ई सार्वजनिक गरेसँगै एमजीले समेत सस्तो इलेक्ट्रिक कार ल्याउने चर्चा चलेको छ । यही चर्चासँगै नेपालमा रहेका साना र सस्तो मूल्यका इलेक्ट्रिक कारका वारेमा पनि धेरैले चासो राखिरहेका छन् । यद्यपि नेपाली बजारमा भने साना र सस्ता कारतिर धेरै ईभी पारखीले रुचि राखेको पाइदैन ।

नेपाली बजारमा इलेक्ट्रिक कारको इन्ट्री सानो आकारको महिन्द्रा रेभाबाट भएको थियो । २ दशकअघि नै नेपाल भित्रिएको यो कारले तत्कालीन समयमा धेरैको ध्यान तानेपनि तत्कालै खरिद गर्न भने ग्राहकहरु खासै तयार देखिएका थिएनन् ।

पछि उक्त कारलाई परिमार्जन गर्दै कम्पनीले इटुओ र इटुओ प्लस मोडलको सानो कार लन्च गर्यो । यो कारले भने बजारमा राम्रै चर्चा वटुलेको थियो । इटुओको उत्पादनलाई महिन्द्राले वन्द गरेको कारण यो कार विगत ३ वर्षयता नेपाल आउन सकिरहेको छैन ।

पछिल्लो ५ वर्षयता विश्व बजारमा इलेक्ट्रिक कारको विकास र प्रवद्र्धनमा धेरै परिवर्तनहरु आउन थालेसँगै अहिले अधिकांश ठूला अटो उत्पादक र नयाँ नयाँ स्टार्टअप कम्पनीहरुले इलेक्ट्रिक कारको उत्पादनमा तीव्रता दिँदै लगेका छन् । यस्तोमा केही कम्पनीले सस्तो मूल्यका साना कारको निर्माणलाई समेत उत्तिकै प्राथमिकता दिइरहेका छन् ।

बजारमा अहिले १६ लाख मूल्य पर्ने सानो ईभीदेखि २ करोड ३५ लाखको टेस्ला मोडल वाईसम्म उपलब्ध हुन थालिसकेका छन् । अन्य ब्रान्डमा हुन्डाई कोना र आयोनिक ५, बीवाईडी ई६ र एट्टो ३, एमजी जेडएस ईभी, टाटा नेक्सन र टिगोर ईभी, निसान लिफ र नेटा भी लगायत कारहरु उपलब्ध छन् । सस्तो देखि महंगोसम्म र ह्याचव्याकदेखि क्रसओभर, एसयूभी र सेडानसम्मको अप्सन ईभी पारखीले पाइरहेका छन् ।

बजारमा अहिले एसयूभी र क्रसओभर मोडलका इलेक्ट्रिक कारको माग बढिरहेको आयात तथ्यांकले देखाएको छ । बजारमा कारोबार हुने कुल ईभीको ७० प्रतिशत भन्दा बढी हिस्सा टाटाको एउटै एसयूभी नेक्सनले ओगटेको छ भने २० प्रतिशत हिस्सा विभिन्न ब्रान्डका क्रसओभर र वाँकी १० प्रतिशत बजार ह्याचव्याक र माइक्रो समेत भनिने साना ईभीले लिएको देखिन्छ ।

नेपालको इभी बजारमा अहिले १६ लाखदेखी २५ लाख सम्मका आधा दर्जन व्रान्डले साना इभी बिक्री गरिरहेका छन् । नेपाल भित्रिएका यस्ता इभी प्राय सवैजसो चीनबाट आयत हुनेगरेको छ । चीनमा १०० भन्दा बढी इभी उत्पादक रहेको र त्यसको ठूलो हिस्साले साना र सस्ता इभी निर्माण गर्दै आइरहेका कारण आगामी दिनमा नेपाल भित्रिने साना इभीको ब्रान्ड अझै वढ्ने देखिन्छ ।

साना र सस्ता ईभीको माग बजारमा खासै वृद्धि हुन नसकेपनि पछिल्लो केही समययता हरेक महिनाजसो कुनै न कुनै नयाँ ब्रान्डका यस्ता कार नेपाल आइरहेका छन् । यसरी भित्रिएका ईभीको मूल्य ३० लाखभन्दा कम नै रहने गरेको पाइएको छ । नेपाल भित्रिएका यस्ता ईभी चर्चित ब्रान्डको उत्पादन नभएका कारण सस्तो परेपनि ग्राहकले खासै रुचि भने देखाएको पाइदैन । पछिल्लो समय टाटा र एमजी लगायत अन्य केही प्रख्यात ब्राण्डले समेत सानो र सस्तो मूल्यको ईभी उत्पादन गरिरहेका कारण भोलिका दिनमा यो सेग्मेन्टका ग्राहकको रुचि र विश्वास भने बढ्दै जाने आँकलन गर्न सकिन्छ ।

यी हुन् नेपाली बजारमा उपलब्ध साना र सस्ता ईभी
नेपाली बजारमा अहिले सवैभन्दा सस्तो इलेक्ट्रिक कारका रुपमा सिटी स्प्रिट परिचित रहेको छ । यो कारको मूल्य १६ लाख रुपैयाँ कायम गरिएको छ । १० किलोवाट आवर क्षमताको व्याट्री र १५ किलोवाटको मोटर जडित यो कारले एकपटकको फुल चार्जमा १५० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यो कारलाई सिटी स्प्रिट नेपालले आयात गरी करोबार गरिरहेको छ । मूल्य कम भएपनि यो कारमा ग्राहकले खासै रुचि देखाएका छैनन् ।

२० लाख भन्दा कम मूल्यमा खरिद गर्न सकिने अर्को इलेक्ट्रिक कार ब्रान्ड डेरीमा २३४ एम्पियर आवर क्षमताको व्याट्री र १५ किलोवाटको मोटर जडान गरिएको छ । २६० किलोमिटर रेन्ज दिने दावी गरिएको यसको मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । डेरीको केही युनिट नेपाली सडकमा गुडिरहेको देख्न सकिन्छ ।

नेपालको इभी बजारमा अहिले १६ लाखदेखी २५ लाख सम्मका आधा दर्जन व्रान्डले साना इभी बिक्री गरिरहेका छन् । नेपाल भित्रिएका यस्ता इभी प्राय सवैजसो चीनबाट आयत हुनेगरेको छ । चीनमा १०० भन्दा बढी इभी उत्पादक रहेको र त्यसको ठूलो हिस्साले साना र सस्ता इभी निर्माण गर्दै आइरहेका कारण आगामी दिनमा नेपाल भित्रिने साना इभीको ब्रान्ड अझै वढ्ने देखिन्छ ।

२१ लाख ९५ हजार रुपैयाँमा बिक्री हुँदै आइरहेको दिगो ई८ मा १४.८ किलोवाट आवर क्षमताको व्याट्री र १५ किलोवाटको मोटर जडान गरिएको छ । यो ईभीले सिंगल चार्जमा २०० किलोमिटर रेन्ज दिने दावी छ ।

२३ लाख मूल्य निर्धारण गरेर बिक्री थालिएको हेनरी ब्रान्डको ईभीले सिंगल चार्जमा २०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । केही महिनाअघि मात्र नेपाल आएको यो कारमा १६.५ किलोवाट आवर क्षमताको ब्याट्री र ३५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

अघिल्लो महिनादेखि बुकिङ खुल्ला गरिएको रेसिन्स ब्रान्डको इलेक्ट्रिक कारमा २३ किलोवाट आवर क्षमताको ब्याट्री र १५ किलोवाटको मोटर जडान गरिएको छ । २५ लाख मूल्य तोकिएको यो ईभीले सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । हाल यो ईभीको बुकिङमात्र खुल्ला गरिएको हो ।

यसैगरी वुलिङ मिनी एयरको अर्को नयाँ माइक्रो ईभी समेत बजारमा आउने तयारीमा रहेको छ । यो ईभीको पनि आयातकर्ता कम्पनी ईभी नेपाल मोटर्सले बुकिङ खुला गरिसकेको छ । १७.३ र २८.४ किलोवाट आवर क्षमता गरी कुल दुई ब्याट्री साइजमा नेपाल आउन लागेको यसको मूल्य क्रमशः २४ लाख ९९ हजार र ३० लाख ९९ हजार निर्धारण गरिएको छ । यो ईभीमा ३० किलोवाट क्षमताको मोटर दिइएको छ भने यसले २०० र ३०० किलोमिटर रेन्ज दिने दावी छ ।

सानो ईभी ल्याउने होडमा सिजी मोटर्स समेत लागिपरेको छ । नेटा भीको कारोबार गर्दै आइरहेको यो कम्पनीले जियाङ्सु हाउजी अटोले उत्पादन गरेको आमाई मिनी ईभी नेपाल ल्याउन लागेको हो । २५ लाख भन्दा कम मूल्यमै नेपाल आउने अनुमान लगाइएको यो ईभीमा १८.४३ किलोवाट आवर क्षमताको ब्याट्री र २४ किलोवाटको मोटर जडान गरिएको छ । यो कारले २२५ किलोमिटर रेन्ज दिने दावी छ ।

टाटाले हालसालै सार्वजनिक गरेको टियागो ईभी समेत ३० लाख भन्दा कम मूल्यमा नेपाल आउने अनुमान गरिएको छ । यो कारलाई निकट भविष्यमै नेपाल ल्याउने आधिकारिक वितरक सिप्रदी ट्रेडिङको भनाइ छ । टियागो २४ किलोवाट आवर र १९.२ किलोवाट आवर गरी कुल दुई साइजको ब्याट्री अप्सनमा उपलब्ध हुनेछ भने यसमा ५५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो कारको रेन्ज ३१५ र २५० किलोमिटर रहने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

भित्रियो नेपालकै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी, यस्तो छ विशेषता

भित्रियो नेपालकै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी, यस्तो छ विशेषता

काठमाडौं – एमजी ईभीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

आइएमईले ललितपुर महानगरपलिकालाई हस्तान्तरण ग-यो राफ्ट इलेक्ट्रिक स्कुटर

आइएमईले ललितपुर महानगरपलिकालाई हस्तान्तरण ग-यो राफ्ट इलेक्ट्रिक स्कुटर

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा...

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई २०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापित गरिने

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई २०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापित गरिने

काठमाडौं – सरकारले वातावरण संरक्षणका लागि विद्युतीय सवारीलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...