आयोनिक ५ र एट्टो ३ मा कुन रोज्ने ? यस्तो छ मूल्य, रेन्ज र फिचर्समा अन्तर

आयोनिक ५ र एट्टो ३ नेपाली बजारमा उपलब्ध प्रिमियम सेग्मेन्टका इलेक्ट्रिक कार हुन् । कोरियन अटो निर्माता हुन्डाई मोटर्सले उत्पादन गरेको आयोनिक ५ र चाइनिज अटो निर्माता बीवाईडीको एट्टो ३ दुवै क्रसओभर मोडल हुन् । यद्यपि एट्टो३ को तुलनामा आयोनिक ५ केही लामो छ । यी दुई कार मध्ये आयोनिक ५ फिचर्सको मामलमा निकै अगाडि रहेपनि एट्टो ३ समेत यो मामलामा कमजोर भने रहेको देखिँदैन ।

यी दुवै कार ईभी डेडिकेटेड प्लेटफर्मममा निर्माण गरिएका हुन् । जसका कारण स्पेस, कम्फर्ट र सेफ्टीको मामलामा यी दुवै कार अब्बल सावित छन् । दुवै कारले युरो एनक्यापमा ५ स्टार रेटिङ हात पारेका छन् । मूल्य र फिचर्सलाई आधार मान्दा यी दुई कारका लक्षित ग्राहक फरकफरक हुन सक्ने भएपनि नेपाली बजारमा यी दुवै मोडलको ग्राहक भने प्रिमियम ईभी पारखी नै हुने पक्कापक्की देखिएको छ ।

यी दुई कारमा आयोनिक ५ एट्टो ३ को तुलनामा २७ लाख ६ हजार रुपैयाँले महंगो छ । आयोनिक ५ को मूल्य १ करोड १६ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ भने एट्टो ३ लाई ८९ लाख ९० हजार रुपैयाँमा बिक्री गरिँदै आएको छ । यी दुई कारमा लगभग एउटै साइजको ब्याट्री जडान गरिएको छ । आयोनिक ५ मा ५८ किलोवाट आवर क्षमता र एट्टो ३ मा ६०.४८ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री जडित छ ।

मोटर पावरको मामलमा समेत एट्टो ३ आयोनिक ५ भन्दा अगाडि नै रहेको छ । यी दुई कारमा क्रमशः १५० र १२५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । मोटर र ब्याट्री दुवैको क्षमता बढी भएका कारण एट्टो ३ ले दिने रेन्ज समेत आयोनिक ५ को तुलनामा वढी हुने नै भयो । आयोनिक ५ लाई एकपटक फुल चार्ज गर्दा ३७५ किलोमिटर रेन्ज दिने दावी गरिएको छ भने एट्टो३ ले ४२० किलोमिटर दिने दावी छ ।

ग्राउन्ड क्लियरेन्सको कुरा गर्नुपर्दा एट्टो ३ आयोनिक ५ को तुलनामा १५ एमएमले अगाडि छ । यी दुई कारमा क्रमशः १७५ एमएम र १६० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । आयोनिक ५ को पावर १७० पीएस तथा टर्क ३५० एनएम रहेको छ भने एट्टो ३ को २०४ पीएस पावर र टर्क ३१० एनएम छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ आगामी फेस्टिभ सिजनमा नेपाल भित्रिने नयाँ इलेक्ट्रिक कार

यस्तो छ आगामी फेस्टिभ सिजनमा नेपाल भित्रिने नयाँ इलेक्ट्रिक कार

इन्डोनेसियामा उत्पादन हुने वुलिङ एयर ईभी नेपाली बजारमा भित्रिने भएको छ ।...

टाटाले सार्बजनिक गर्यो कर्भ इभीको कन्सेप्ट, रेन्ज ५ सय किलोमिटरसम्म दिने

टाटाले सार्बजनिक गर्यो कर्भ इभीको कन्सेप्ट, रेन्ज ५ सय किलोमिटरसम्म दिने

टाटा मोटर्सले आज कर्भ इभीको नयाँ कन्सेप्ट सार्बजनिक गरेको छ । टाटाको...

फागुनमा भित्रिए १८९ युनिट विद्युतीय सवारी साधन, १५.५३ करोड भन्सार शुल्क संकलन

फागुनमा भित्रिए १८९ युनिट विद्युतीय सवारी साधन, १५.५३ करोड भन्सार शुल्क संकलन

काठमाडौं – चालु आर्थिक वर्षको फागुन महिनामा नेपालमा १८९ युनिट विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...