भारतमा लन्च भयो बीवाईडी एट्टो३, उच्च करका कारण नेपालमा ३५ लाख ५० हजार महंगो

अघिल्लो महिना नै सार्वजनिक भैसकेको बीवाईडी एट्टो३ आज भारतीय बजारमा औपचारिक लन्च भएको छ । यो नयाँ इलेक्ट्रिक कारको मूल्य ३३ लाख ९९ हजार भारु निर्धारण गरिएको छ । जुन नेपाली मुद्रामा ५४ लाख ४० हजार रुपैयाँ हुन आउँछ ।

नेपाली बजारमा ८९ लाख ९० हजार रुपैयाँमा कारोबार हुँदै आइरहेको यो कारको मूल्य भारतको तुलनामा ३५ लाख ५० हजार रुपैयाँले महंगो देखिएको छ । चालु अर्थिक वर्षको बजेटमार्फत १०० देखि २०० किलोवाट क्षमताको मोटर जडित कारमा ३० प्रतिशत अन्तःशुल्क र १५ प्रतिशत भन्सार वृद्धि गरेपछि नेपालमा यो कारको मूल्य ह्वात्तै वढेको हो । १५० किलोवाट क्षमताको मोटर जडित यो कारको आयातमा अहिले ३० प्रतिशत भन्सार र ३० प्रतिशत नै अन्तःशुल्क तिर्नुपर्ने हुन्छ ।

यस्तो छ यो कार
बीवाईडीले यो नयाँ कारलाई डेडिकेटेड ईभी प्लेटफर्ममा तयार पारेको हो । प्रिमियम स्तरको सामग्री र फराकिलो क्याबिन स्पेस भएको यो एट्टो३ मा १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेसन डिस्प्ले र ७ वटा एयरब्याग दिइएको छ ।

यो कारमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । जसले एकपटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ ।

यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

आयो एयरब्याग भएको हेलमेट

आयो एयरब्याग भएको हेलमेट

हेलमेट निर्माता कम्पनी एरोहले विश्वमै पहिलो पटक एयरब्याग भएको हेलमेट...

अब बागलुङ- पोखरा विद्युतीय माइक्रोबस

अब बागलुङ- पोखरा विद्युतीय माइक्रोबस

बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ ।...

साङयोङ, टोयोटा र टेस्लाले बीवाईडीको ब्याट्री प्रविधि प्रयोग गर्ने, नेपालमा पनि आउने

साङयोङ, टोयोटा र टेस्लाले बीवाईडीको ब्याट्री प्रविधि प्रयोग गर्ने, नेपालमा पनि आउने

चीनको नम्बर १ इलेक्ट्रिक भेइकल निर्माता कम्पनी बीवाईडीले विश्वका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...