स्कोडा अटो इन्डिया प्रोजेक्ट २.० सफल : स्कोडाको तेस्रो ठूलो बजार बन्यो भारत

स्कोडा अटो इन्डियाको प्रोजेक्ट २.० सफल भएको कम्पनीको भनाइ छ । यस अन्तर्गत उत्पादन गरिएका कारलाई ग्राहकहरुले राम्रो प्रतिक्रिया दिएपछि कम्पनीले आफ्नो प्रोजेक्ट २.० भारतमा सफल भएको बताएको छ । कम्पनीले २०२२ को अन्तिम त्रैमासिकमा आफ्नो सफलता मनाउन देहरादुनमा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा भारतलगायतका विश्वभरका अटोमोटिभ विज्ञहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा भारत, जर्मनी, स्लोभाकिया, आयरल्याण्ड, बेल्जियम, फ्रान्स, अस्ट्रिया र चेक गणतन्त्रका अटो व्यवसायीहरुको सहभागिता थियो । सोही अवसरमा कम्पनीले कुशाकको एनिभर्सरी भर्सन पनि ल्याउने घोषणा गरेको छ

हालै सम्पन्न जीएनक्याप क्रयास टेस्टमा स्कोडा कुशाक एसयूभीले ५–स्टार क्रयास सेफ्टी रेटिङ पाएको छ । यो भारतमा बनेको एक मात्र कार हो जसले दुवै मापदण्ड पूरा गरेको छ । स्कोडा अटो इन्डियाले भारतमा ४४ हजार ५०० कार बिक्री गरी नयाँ रेकर्ड बनाएको छ ।

यसमा सबै यात्रुहरूका लागि व्यक्तिगत हेडरेष्टसहित थ्री प्वाइन्ट सिट बेल्ट, ६ वटा एयरब्याग, रोल–ओभर सेफ्टी, बाल सुरक्षाका लागि आईएसओफिक्स माउन्ट, हिल होल्ड कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम, एबीएस कन्ट्रोल सिस्टम, मल्टी कोलिजन ब्रेकिङ, ब्रेक डिस्क वाइपिङ र क्यामेराको साथै रियर पार्किङ सेन्सर जस्ता फिचर रहेको छ ।

जुलाई २०२१ मा लन्च गरिएको कुशाक एसयूभी र मार्च २०२२ मा लन्च गरिएको स्लाभिया सेडान एमक्युबी प्लेटफर्ममा निर्माण गरिएको हो । भारत अब जर्मनी र चेक गणतन्त्र पछि स्कोडाको लागि तेस्रो ठूलो बजार बनेको छ ।

नेपालमा समेत स्कोडका कुशाक लगायतका सवारी साधन उपलब्ध छन् । एमएडब्ल्यु इन्टरप्राइजेजले स्कोडाका सवारी साधन नेपाली बजारमा उपलब्ध गराइरहेको छ ।

सम्बन्धित समाचारहरू

स्कोडा फक्सवागन समूहले पार ग-यो १५ लाख सवारी उत्पादनको माइलस्टोन

स्कोडा फक्सवागन समूहले पार ग-यो १५ लाख सवारी उत्पादनको माइलस्टोन

स्कोडा अटो फक्सवागन इन्डिया प्रालिले भारतमा १५ लाख युनिट कार उत्पादन गरेर...

नेपालका यी उद्योगपति र प्रतिष्ठित ब्यक्तिले खरिद गरे जिप -यांगलर

नेपालका यी उद्योगपति र प्रतिष्ठित ब्यक्तिले खरिद गरे जिप -यांगलर

अमेरिकन आइकनिक ब्रान्ड जिप -यांगलरलाई डेढ महिना अघि अमेरिकी राजदुत -यान्डी...

यस्तो छ जिप कम्पासको एनिभर्सरी एडिसन

यस्तो छ जिप कम्पासको एनिभर्सरी एडिसन

जिप इन्डियाले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा जिप कम्पासको एनिभर्सरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...