स्कोडा इनयाक आईभी इलेक्ट्रिक एसयूभीको टिजर रिलिज, अर्को वर्ष लन्च गर्ने
स्कोडाले इनयाक आईभी इलेक्ट्रिक एसयूभीको टिजर सार्वजनिक गरेको छ । आगामी...
जिपले आफ्नो प्रिमियम सेग्मेन्टको एसयूभी ग्रान्ड चेरोकीको भारतमा बुकिङ सुरु गरेको छ । जिपको सो एसयूभी लामो समय देखि प्रतीक्षारत थियो । पाँचौ पुस्ताको ग्रान्ड चेरोकीको उत्पादन भारतमा सुरु गरेसँगै कम्पनीले बुकिङको पनि घोषणा गरेको हो । ग्रान्ड चेरोकी आफ्नो लक्जरी र सुरक्षा सुविधाहरूको लागि विश्व प्रसिद्ध छ र यस्तै केही झलक भारतमा आगामी संस्करणमा पनि देख्न सकिने छ ।
मिडिया रिपोर्टका अनुसार ग्रान्ड चेरोकीमा ११० भन्दा बढी सेफ्टी फिचर छन् । यसका साथसाथै यसमा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम लगायतका धेरै सुविधाहरू छन् जसले यसलाई विशेष बनाउँछ ।
यसलाई विशेष बनाउनका लागि कम्पनीले यसलाई एरोडायनामिक शैली, राम्रो सुरक्षा सुविधाहरू र विलासिताको कम्बोको रूपमा डिजाइन गरेको छ ।
जिप ग्रान्ड चेरोकीमा एक्टिभ न्वाइज कन्ट्रोल सिस्टम, रिमोट फंक्शनसहितको फुल कनेक्टिभिटी प्याकेज, कस्टमाइजेसन अप्सन समावेश छ । त्यसैगरी थ्री पोइन्ट सिटबेल्ट, १० इन्च हेड–अप डिस्प्ले, १०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्च इन्स्ट्रयुमेन्ट क्लस्टर प्यानल आदि छन् भने यो सेगमेन्टमै पहिलो पटक १०.२५ इन्चको फ्रन्ट प्यासेन्जर इन्ट्रयाक्टिभ डिस्प्ले रहेको छ । त्यसैगरी यसमा प्रिमियम लेदर सिट र मल्टिपल एयरब्याग रहेका छन् ।
हाल यसको मूल्य सार्वजनिक गरिएको छैन । करिव ८० लाख भारुबाट मूल्य प्रारम्भ हुने अनुमान गरिएको जिप ग्रान्ड चेरोकी आगामी नोभेम्बर अन्त्य वा डिसेम्बर देखि डेलिभरी प्रारम्भ हुने अनुमान गरिएको छ ।
स्कोडाले इनयाक आईभी इलेक्ट्रिक एसयूभीको टिजर सार्वजनिक गरेको छ । आगामी...
काठमाडौं– स्कोडा कारको नेपालका लागि आधिकारिक वितरक एमएडब्वलु...
काठमाडौं – नेपाली बजारमा चांगन अटोले आफ्नो प्रिमियम सेडान ‘एल्सभीन’...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...