दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता : २४सै घण्टा खट्दै प्रहरी, चेकिङ बढाइने

काठमाडौं – सवारी दुर्घटना न्युनीकरण गर्न आफूहरु दिनरात खटिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

विभिन्न स्थानमा चेक प्वाइन्टहरु राखेर सवारी चेकिङ तथा अनुमगन बढाउन लागिएको ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डीआइजी मीरा चौधरीले बताइन्।

अबदेखि काठमाडौंका २२ स्थानमा २४ सै घण्टा चेकिङ हुने भएको छ। त्यस्तै, २२६ स्थानमा अस्थाई ड्युटीमा खटाइने भएको छ।

यसैगरी ९३ ठाउँमा पिक आवर ड्युटी खटाइने छ भने ४० स्थानमा दैनिक बिहान, दिउँसो र राति चेकिङ हुने भएको छ।

यस्तै, लेन अनुशासन, नो हर्न लगायतका ट्राफिक नियमलाई कडा बनाएर लैजाने डीआइजी चौधरीले बताइन्।

महानगरीय टाफ्रिक प्रहरी कार्यलयले सवारी दुर्घटना न्यूनीकरण गर्न आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले काठमाडौंमा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न स्थानहरुमा सचेतना कार्यक्रम दिदैँ आएको बताए ।

शर्माले काठमाडौ उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त सवारी व्यवस्थापन बनाउने योजना रहेको बताए ।

उनले भने, ‘काठमाडौँको मुख्य समस्या भनेको पार्किङ्ग व्यवस्थापन हो । काठमाडौंमा अधिकांश अन्डर ग्राउन्ड पार्किङ्ग डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदाम जस्ता प्रयोजनको लागि प्रयोग भएको छ । सो हटाउन र पार्किङ्ग व्यवस्थित गर्न सम्वन्धित निकायसँग समन्वय भइरहेको छ ।’

‘काठमाडौंका अधिकांश नागरिकहरुले प्रहरीको आचरण र व्यवहार तथा अनुशासन माथि प्रश्न उठाएपछि हामीले ट्राफिकको व्यवहार सुधार गर्न दैनिक रुपमा ४० जना ट्राफिक प्रहरीलाई आचरण, व्यवहार तथा अनुशासन सम्बन्धी कक्षा संचालन गरिरहेको छौं ।’, शर्माले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक वर्षमा पाँच लाख चार हजार सवारी साधनलाई कारबाही गरेको छ भने ३३ करोड १३ लाख ६८ हजार २१८ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसै सन्दर्भमा काठमाडौंमा हर्न निषेधलाई थप कडाइ गर्ने र भविष्यमा अझ प्रभावकारी बनाउनेतर्फ ट्राफिक प्रहरी तत्पर रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचारहरू

संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’

संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’

धनुषा – जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो ।...

के हो सवारी दुर्घटना ? दुर्घटना भएमा के गर्ने ?

के हो सवारी दुर्घटना ? दुर्घटना भएमा के गर्ने ?

कुनै पनि यान्त्रिक शक्ति अथवा मानव शक्तिबाट संचालित साधनले अर्को सवारी...

बढ्यो सार्वजनिक यातायातको भाडा, अब कहाँको कति ?

बढ्यो सार्वजनिक यातायातको भाडा, अब कहाँको कति ?

काठमाडौं – सरकारले हिजोदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...