विद्युतीय गाडीमा थप छुट हुने, एलसी खुल्ने

काठमाडौं – सरकारले विद्युतीय गाडीमा थप छुट दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको मन्त्रिपरिषदको बैठकले भने पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई थप छुट दिनेलगायत विकल्प प्रयोग गर्ने निर्णय गरेको हो।

पूर्णरूपमा के गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय नगरेको भएपनि विद्युतीय गाडीमा बढेको कर केही घटाउने संकेत सरकारले दिएको हो ।

योसँगै मन्त्रिपरिषद्को बैंकले ११ बुँदे निर्णय गरेको छ। जसमा पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ।

त्यसैगरी सवारी साधनका लागि एलसी समेत अब खुला हुने देखिएको छ । आज बसेको मन्त्रिपरिषद्ले यस विषयमा कुनै निर्णय नगरेसँगै आइतबारबाट एलसी खुल्ने सम्भावना बढेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार असार मसान्तसम्म मात्रै एलसी खोल्न नपाउने उल्लेख थियो । आइतबार बिहानसम्म कुनै निर्णय नभएको खण्डमा गाडीको एलसी खुल्ने देखिएको छ ।

सम्बन्धित समाचारहरू

राष्ट्रिय राजमार्गलाई समेट्ने गरी थप ४२४ वटा चार्जिङ स्टेशन निर्माण हुने

राष्ट्रिय राजमार्गलाई समेट्ने गरी थप ४२४ वटा चार्जिङ स्टेशन निर्माण हुने

काठमाडौं–सरकारले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग र महत्वलाई ध्यानमा...

प्रचलित दरभन्दा उच्च मूल्यांकनका साथ पुरानो गाडीसँग प्रोटोन ईमास ७ साट्ने योजना

प्रचलित दरभन्दा उच्च मूल्यांकनका साथ पुरानो गाडीसँग प्रोटोन ईमास ७ साट्ने योजना

काठमाडौं – नेपालका लागि प्रोटोन गाडीको अधिकारिक वितरक जगदम्बा मोटर्स...

रुस र युक्रेन युद्ध : अटोक्षेत्रमा ठुलो असर पर्ने सम्भावना, कारको मूल्यमा समेत वृद्धि हुने

रुस र युक्रेन युद्ध : अटोक्षेत्रमा ठुलो असर पर्ने सम्भावना, कारको मूल्यमा समेत वृद्धि हुने

युक्रेनमा रुसको आक्रमणले विश्वका विभिन्न क्षेत्रमा धेरै नराम्रो असर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...