फेरि लागू भएन लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास हुने नियम
काठमाडौं – बागमती प्रदेश सरकारले असोज देखि लागू गर्ने भनिएको ७० अंक ल्याए...
तपाईको सवारी साधनको वार्षिक कर तिर्न बाँकी छ कि छैन ? छ भने यही असार मसान्त भित्रै कर तिर्ने अवसर छ । यो भन्दा पछि कर तिर्दा एकै पटक ३२ प्रतिशत कर तिर्नु पर्ने हुन्छ ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संसोधित २०७४ को दफा ११.११.१० बमोजिम सवारी साधन कर सबै सवारीधनीले प्रत्येक आर्थिक वर्षको चैत्र मसान्त वा सवारी दर्ता किताब नवीकरण गर्ने म्याद जनु अघि हुन्छ सो म्यादभित्र बुझाइसक्नुपर्नेछ ।
सो म्यादभित्र सवारी साधन कर नबझाउने सवारी धनीसँग म्याद नाघेको पहिलो तीस दिनसम्मलाई सवारी साधन कर रकमको पाँच प्रतिशतका दरले, त्यसपछिको पैँतालीस दिनसम्मलाई कर रकमको दस प्रतिशतका दरले र त्यसपछि आर्थिक वर्षको अन्त्य सम्मलाई बीस प्रतिशत सम्मका दरले जरिवाना समेत लिई सवारी साधन कर दाखिला गराउनुपर्नेछ ।
आर्थिक वर्ष भुक्तान भइसक्दा पनि सवारी साधन कर दाखिला नगर्ने सवारीधनीहरूसँग सवारी साधन करमा बत्तीस प्रतिशतका दरले जरिवानासमेत लिई सवारी साधन कर असुल गर्नुपर्नेछ । यस सम्बन्धमा प्रचलित आर्थिक ऐनले अन्यथा तोकेमा सोही बमोजिम हुनेछ ।
यसले गर्दा आफ्नो सवारी साधनको वार्षिक कर समयमै तिर्नका लागि असार मसान्त उपयुक्त समय भएकाले यसका लागि सचेत भएर कर तिर्दा जरिवानाबाट बच्न सकिन्छ ।
(स्मार्ट सर्भिस इनको सहकार्यमा तयार पारिएको ।)
काठमाडौं – बागमती प्रदेश सरकारले असोज देखि लागू गर्ने भनिएको ७० अंक ल्याए...
काठमाडौं – सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदन भर्दा एउटै आवेदकले...
काठमाडौं– ट्राफिक चेकिङ हुँदा अब सवारी चालकले मोबाइलमा नागरिक एपमार्फत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...