पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने : यस्तो छ प्रक्रिया

काठमाडौं – पेट्रोलबाट चल्ने आफ्ना पुराना बाइक वा स्कुटरलाई केही घण्टामै विद्युतीय बाइक वा स्कुटरमा रुपान्तरण गर्न सकिन्छ । सुन्दर यातायात प्रालिद्वारा सञ्चालित सुन्दर अटो इन्जिनियरिङ प्रालिले पेट्रोलबाट चल्ने बाइक तथा स्कुटरलाई तीन घण्टाभित्रै विद्युतीयमा परिणत गर्न शुरू गरेको बताएको छ ।

तर यसका लागि पहिले यातायात कार्यालयमार्फत आवश्यक प्रक्रिया पुरा गर्नुपर्छ । सो प्रक्रिया पुरा गरे पश्चात तीन घण्टामै यसलाई विद्युतीयमा रुपान्तरण गर्न सकिने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।

आफ्नो दुईपांग्रे सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्न चाहनेले बिलबुक र सवारीसाधन लिएर काठमाडौंको धुम्बाराहीस्थित सुन्दर अटो इन्जिनियरिङको कार्यालय जानु पर्छ ।

थापाका अनुसार हाल सबै ब्रान्डका स्कुटर र हिरोका बाइकलाई रुपान्तरण गर्ने प्रक्रिया प्रारम्भ भएको छ । विस्तारै अन्य कम्पनीका बाइक पनि रुपान्तरण गरिने उनले बताए ।

पेट्रोलियम पदार्थबाट चल्दै आएका बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्ने अभियान देशव्यापी रूपमै सञ्चालनको तयारी भइरहेको कम्पनीले बताएको छ । बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न आउने ग्राहकको संख्या बढ्दै गएको कम्पनीको भनाइ छ ।

‘पेट्रोलबाट चल्ने बाइक तथा स्कुटरमा २०–२५ किलोमिटर यात्रा गर्दा १ लिटर तेल खर्च हुन्छ,’ अध्यक्ष थापाले भने, ‘त्यही बाइक वा स्कुटरलाई विद्युतीय बनाएमा सोही दूरी बराबरको यात्रा गर्न ७ रुपैयाँ ५० पैसा मात्र खर्च हुन्छ ।’ कम्पनीको दाबी अनुसार हरेक २० देखि २५ किलोमिटरको यात्रामा उपभोक्ताको करीब १७१ रुपैयाँ जोगिनेछ ।

पेट्रोलियम पदार्थको प्रयोग घटाउने उद्देश्यसहित शुरू गरिएको यो अभियान काठमाडौं र बुटवलमा शुरू भइसकेको र छिट्टै ढल्केबर र नारायणगढमा समेत शुरू गरिने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न १ लाख रुपैयाँसम्म खर्च लाग्छ । अब चाँडै नै चारपांग्रे सवारीसाधनलाई पनि विद्युतीय बनाउन थालिने जानकारी उनले दिए ।

सुन्दर अटोले सरकार र विभिन्न संघसस्थासँगको सहकार्यमा निःशुल्क तालीम समेत सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

जेएमईभीले नेपाल ल्याएको नयाँ ईभी ट्याक्सीको बुकिङ खुला, यस्तो छ मुल्य र फिचर

जेएमईभीले नेपाल ल्याएको नयाँ ईभी ट्याक्सीको बुकिङ खुला, यस्तो छ मुल्य र फिचर

काठमाडौं– सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ बिद्युतिय ट्याक्सि...

लेभ्निङको स्किम विजेता बनेका खड्कीले पाए इलेक्ट्रिक स्कुटर

लेभ्निङको स्किम विजेता बनेका खड्कीले पाए इलेक्ट्रिक स्कुटर

काठमाडौं – नेपालको ३१ वर्ष पुरानो व्यापारिक घराना बज्र ग्रुप अन्तर्गतको...

हरेक वर्ष विद्युतीय गाडीको कर हेरफेर, यो आर्थिक वर्षको बजेटले स्थिर नीति देला ?

हरेक वर्ष विद्युतीय गाडीको कर हेरफेर, यो आर्थिक वर्षको बजेटले स्थिर नीति देला ?

सरकारले हरेक पटक विद्युतीय सवारीको कर हेरफेर गरिरहेको छ। प्रत्येक वर्ष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...