मोटरसाइकललाई ५ र कारलाई २० लिटर पेट्रोल कोटा, सवारी साधनमा जोरबिजोर प्रणाली

काठमाडौं- नोक्सानी थेग्नै नसक्ने भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीमा कोटा तोक्न सुझाव दिएको छ। निगमले सोमबार प्रधानमन्त्री, उद्योग वाणिज्य मन्त्रालय र गृहमन्त्रालयलाई पेट्रोलियम पदार्थको खपत घटाउन बिक्रीमा कोटा तोक्न सुझाव दिएको हो।

निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र कार/जीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिन प्रस्ताव गरेको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्ययकाअनुसार इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको हो । सोमबार बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अबलम्बन गर्न आग्रह गरिएको र त्यसमध्ये एक दुई पांग्रे र साना गाडीलाई कम मात्रामा इन्धन दिने पनि रहेको प्रवक्ता उपाध्ययले बताए ।

निगमले योबाहेक खपत घटाउन सवारी साधनमा जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ। 'सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनबाहेक सरकारी र निजी सवारी साधनमा जोरबिजोर प्रणाली कार्यान्वयन गर्न आवश्यक देखिन्छ,' निगमले पठाएको सुझावमा भनिएको छ। निगमले देशका प्रमुख सहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न सुझाव दिएको छ।

सम्बन्धित समाचारहरू

यस्तो छ ३ सय चारपांग्रे र १२ सय दुईपांग्रे सवारीका लागि भ्युटावरको अन्डरग्राउन्ड पार्किङ

यस्तो छ ३ सय चारपांग्रे र १२ सय दुईपांग्रे सवारीका लागि भ्युटावरको अन्डरग्राउन्ड पार्किङ

काठमाडौं – पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यु टावरको अन्डरग्राउन्ड...

चर्चामा पोडवे : नेपालमा समेत सञ्चालन तयारी, तर विभिन्न कारणले अन्यौल कायम

चर्चामा पोडवे : नेपालमा समेत सञ्चालन तयारी, तर विभिन्न कारणले अन्यौल कायम

मास ट्रान्सपोर्टेसनको जगतमा नयाँ आयाम थप्ने प्रविधिको रूपमा हेरिएको...

दशैंमा सहायता कक्षदेखि प्रविधिमार्फत निगरानी गर्दै ट्राफिक प्रहरी

दशैंमा सहायता कक्षदेखि प्रविधिमार्फत निगरानी गर्दै ट्राफिक प्रहरी

काठमाडौं – नेपालीहरूको महान चाड विजया दशमी (दशैं) को अवसरमा काठमाडौं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...