काठमाडौंमा ट्राफिक सचेतना अभियानः ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’
काठमाडौं– काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने...
सरकारले आयातमा थप कडाई गर्ने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले राष्ट्रिय हित अनुसार आयात प्रतिबन्ध गर्ने निर्णय गरेको छ । असार मसान्तपछि विभिन्न वस्तु तथा सेवामा आयात प्रतिबन्ध लगाउने गरी आन्तरिक तयारी भइरहेको बताइएको छ ।
यसअघि सरकारले विभिन्न १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । नेपाल सरकारले निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै पेट्रोल तथा डिजेलबाट चल्ने गाडी र २५० सीसीभन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेजलगायत अन्य विलासी सामानकोे आयातमा प्रतिबन्ध लगाएको हो । सरकारले लगाएको आयात प्रतिबन्ध चालु आर्थिक वर्षको असार मसान्तसम्म लागू हुने बताइएको थियो ।
तर नेपालको अर्थतन्त्रमा चुनौती बढ्दै गएको भन्दै असार मसान्तपछि थप विभिन्न वस्तु तथा सेवामा आयात प्रतिबन्ध लगाउने गरी आन्तरिक तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार बैशाख मसान्तसम्म ९ खर्ब २८ करोड डलर बराबरको विदेशी मुद्रा सञ्चिति कायम छ । उक्त सञ्चितिले ६.५ महिनाको लागि वस्तु तथा सेवा आयात गर्न पुग्छ ।
त्यस्तै नेपालको व्यापार घाटा उच्च छ भने सोधानन्तर स्थिति घाटामा रहेको छ । १० महिनाको तथ्याङ्क हेर्दा २८८ अर्बको सोधानन्तर घाटा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ भने यो घाटा नेपालको उच्च घाटा हो ।
यसरी विदेशी मुद्राको सञ्चितिमा दवाव वढ्दै गएका कारण हाल कायम गरिएको प्रतिवन्धलाई निरन्तरता दिँदै थप वस्तुको आयातमा समेत प्रतिवन्ध लगाउने सरकारी तयारीले असार मसान्तपछि खुल्ने भनिएको गाडीको आयातमाथिको प्रतिवन्ध अझै लम्विने सम्भावना वढेर गएको छ । अहिले एकातर्फ गाडीको आयातमा पूर्ण प्रतिवन्ध लगाइएको छ भने अर्कोतर्फ वैंक तथा वित्तीय संस्थाले कर्जा समेत दिन छाडेका छन् । यसले गर्दा नेपालको अटोमोबाइल व्यवसाय चौपट बनिरहेको छ ।
काठमाडौं– काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने...
इमिलियामा अप्रिल २४ मा भएको फर्मुला वान रेस अर्थात ग्रान्ड प्रिक्स...
काठमाडौं – उपत्यका ट्राफिक कार्यलयले कारवाहीमा परेका सवारी चालकलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...