स्कर्पियो एनको मूल्य थाहा पाउन १ हप्ता कुर्नुपर्ने, वुकिङ नाडा अटो सोबाट शुरु हुने

नेपाली बजारमा हिँजो सार्वजनिक गरिएको महिन्द्रा स्कर्पियो एनको मूल्य १ हप्तापछि सार्वजनिक हुने भएको छ । भारतीय बजारमा लन्च गरिएकै दिन हिँजो साँझ नेपालमा पनि लन्च गरिएको यो एसयुभीको मूल्य सार्वजनिक गरिएको थिएन ।

भारतीय बजारमा भने यसको पेट्रोल र डिजेल इन्जिनको म्यानुअल भर्सनको मूल्य सार्वजनिक भैसकेको छ भने अटोमेटिक र फोर वाई फोर भेरियन्टको मूल्य अझै सार्वजनिक गरिएको छैन । यी भेरियन्टको मूल्य जुलाई २१ मा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

नेपालमा लन्च भएलगत्तै यो गाडीको मूल्य कति पर्ला भनेर अहिले एसयुभी पारखीमा उत्सुकता कामयै छ । सोही सन्दर्भमा नेपाल अटोले आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेडका निर्देशक वरदान वस्नेतलाई मूल्यका विषयमा राखेको जिज्ञासमा उनले १ हप्तापछि सार्वजनिक गरिने जवाफ दिए ।

उनले भने, ‘अहिले हामी यो गाडीको मूल्य निर्धारण गर्ने तयारीमै छौ । बजेटमा सरकारले १५०० सिसी माथीको कारमा कर बृद्धि गरेका कारण यो गाडीको मूल्य कति पर्छ भनेर यकिन गर्न सकिरहेका छैनौ । सम्भवत १ हप्तापछि मूल्य वाहिर आउनेछ ।’
भारतीय बजारमा यो गाडीको पेट्रोल इन्जिनमा म्यानुअल भेरियन्टको मूल्य १२ लाखदेखी १९ लाख भारुसम्म निर्धारण गरिएको छ भने सोही भेरियन्टको डिजेल इन्जिकको १२ लाख ४९ हजारदेखी १९ लाख ४९ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

यो मूल्यलाई आधार मान्दा नेपालमा यसको शुरुवाती मूल्य ६० लाख माथी निर्धारण हुने आँकलन गर्न सकिन्छ । भारतमा जस्तै नेपालमा पनि यसको म्यानुल भर्सनको मूल्य पहिले सार्वजनिक हुनेछ ।

साथै, यो गाडी खरिद गर्न चाहने ग्राहकले भदौ महिनामा आयोजना हुने नाडा अटो शोसम्म कुर्नुपर्ने देखिएको छ । भारतीय बजारमै बुकिङ खुल्ला भैनसकेको स्कर्पियो एनको वुकिङ नाडा अटो शोबाट शुरुवात गरिने निर्देशक वस्नेतले बताए । यससंगै आगामी अटो शोमा यो गाडी मेलाकै प्रमुख आकर्षण वन्ने देखिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...