मधेश प्रदेशमा दर्ता भएका सवारी साधनमा शतप्रतिशत जरिवाना छुट
सवारी साधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले...
ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई विशेष योजना बनाएर कार्यान्वयन गर्ने भएको छ । महानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित प्रमुख चिरीबाबु महर्जनले ट्राफिक व्यवस्थापन गतिलो नहुँदा सडक दुर्घटना बढेको भन्दै महानगरले विशेष योजना लागू गर्ने निर्णय गरेका हुन् ।
यसैबीच महानगरपालिकाले विश्वसम्पदामा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रभित्र सवारीसाधन निषेध गर्ने भएको छ । ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षण तथा महानगरको ट्राफिक व्यवस्थापनका लागि दरबार स्क्वायर क्षेत्रभित्र सवारीसाधन निषेध गरिएको प्रमुख महर्जनले जानकारी दिए । दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि महानगरद्धारा आयोजित पहिलो औपचारिक कार्यक्रममा महानगर प्रमुख चिरीबाबुले २१ बुँदे ट्राफिक व्यवस्थापनको योजना सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको योजना अनुसार पाटनढोका बस पार्कबाट पाटन ढोका गेट तर्फ चारपाङग्रे सवारी साधन एकतर्फ गरिएको छ भने महापालबाट ईखालखुतर्फ सवारी साधन निषेध गरिएको छ । लगनखेल ईटीटोलबाट मंगलबजारतर्फ चारपाङग्रे सवारी साधन एकतर्फ गरिएको र प्रयागपोखरीबाट इटीचोक चारपाङग्रे सवारी साधन एकतर्फी गरिएको छ।
यसैगरी मंगलबजारदेखि नःटोल (पुल्चोक) सम्म चारपाङग्रे सवारी साधन एकतर्फी गरिएको छ ।
ललितपुर महानगरले यसअघि महापालबाट ईखालखुतर्फ सवारी साधन निषेध गरिसकेको छ । त्यस्तै, पाटनढोका बसपार्कबाट पाटनढोका गेटतर्फ, लगनखेल ईटिटोलबाट मंगलबजारतर्फ र प्रयागपोखरीबाट ईटीचोकतर्फ चारपांग्रे सवारीसाधन एकतर्फी गरिएको छ।
यस्ता छन् ट्राफिक व्यवस्थापनका अन्य योजना
वाग्मतीदेखि जावलाखेलसम्म पाँच स्थानमा ट्राफिक लाइट जडान गर्ने, बखुण्डोलबाट झम्सिखेलतर्फ जाने चारपांग्रे सवारीसाधनलाई बिहान ७ देखि बेलुका ८ बजेसम्म एकतर्फफ गर्ने, अस्पताल र विद्यालय अगाडि जेब्राक्रसिङमा संकेत बत्तीको व्यवस्था गर्ने, पैदलयात्रु हिँड्ने ठाउँमा फुटपाथ पसल राख्न नदिने, पेटी वा सडकमा अवरोध हुनेगरी निर्माण सामग्रीहरु राख्न नदिने, सवारी दुर्घटना कम गर्न मुख्य–मुख्य सडकहरुमा सडक बत्तीको व्यवस्था गर्ने महानगरको योजना छ ।
महानगरले व्यवस्थापन गरेको ३२ दशमलब ५ किलोमिटर साइकल लेनमा सवारी पार्क गर्न नपाउने व्यवस्था मिलाइएको छ । महानगर क्षेत्रभित्र पर्ने १५ दशमलव ८ किलोमिटर चक्रपथमा समेत साइकल लेनको निर्माण गरिने भएको छ । लगखेलमा रातीको समयमा कुनै पनि सवारी पार्क गर्न नदिने, चोक–चोकमा ट्याक्सी पार्किङ्गको व्यवस्था गर्ने, लगनखेल र जावलाखेलको ६ स्थानमा बहुतले पार्किङको व्यवस्था गर्ने योजना महानगरले बनाएको छ ।
सपिङ मल र व्यवसायिक भवनहरुमा पार्किङसहित नक्सा पास गरेकोमा पार्किङ उपयोग गरेको छ–छैन अनुगमन गर्ने र पार्किङ प्रयोगमा नआएको पाइएमा पार्किङको व्यवस्था अनिवार्य गराउने, बढी दुर्घटना हुने स्थानमा विशेष बत्तीको व्यवस्था गर्ने, निषेधित क्षेत्रमा पार्क गरेको सवारीसाधनलाई स्थलगत कारबाही गर्ने, सडक विस्तार पश्चात बीचबीचमा भएको पोलहरु सम्बन्धित निकायलाई हटाउन लगाउने महानगर प्रमुख महर्जनको प्रतिबद्धता छ ।
सवारी साधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले...
काठमाडौं – जिरो इन्जिनियरिङ मोटरसाइकलले काठमाडौँबाट सौराहा सम्मको राइड...
काठमाडौं । पूर्व-पश्चिम राजमार्गलाई विस्तार गर्ने सरकारको योजनाअनुसार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...