पेट्रोलियमको विकल्प : विद्युतीय गाडी बनाउने कार्य अन्तिम चरणमा पुगेको महावीर पुनको भनाइ

काठमाडौं – पुराना पेट्रोलियम इन्धनबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्ने कार्य अन्तिम चरणमा पुगेको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बताएका छन् ।

विगत तीन वर्ष अघिदेखि पुराना गाडीहरुलाई इलेक्ट्रिक गाडीमा परिर्वतन गर्न लक्ष्य बोकेको तर कोभिडका कारण उक्त कार्यले गति लिन नसकेको संस्थापक पुनले जानकारी दिए ।

उनले भने, ‘देशमा पुराना सरकारी देखि निजी सवारी साधनहरु अधिकतम छन् । त्यसैले अब तिनीहरुको प्रयोगमा ल्याउने विकल्प भनेकै विद्युतीयमा परिवर्तन गर्ने हो ।’

पुराना गाडीको इन्जिन झिकेर कभरलाई पेन्टिङ गरी ब्याट्री र मोटर फिट गरेर इलेक्ट्रिक बनाउन लागिएको पुनले बताए ।

सञ्चार माध्यमहरुले राष्ट्रिय आविष्कार केन्द्रले पुराना गाडी विद्युतीय गाडीमा परिवर्तन गरिसक्यो भनेर समाचार प्रकाशन गरेका, तर त्यसमा कुनै पनि सत्यता नभएको र कोभिडका कारण यसमा ठूलो असर पारेको उनको भनाइ छ ।

‘यदि नेपालमा विद्युतीय गाडीको अविष्कार गर्ने हो भने नेपालले अरु देशसँग पेट्रोलको लागि हात जोड्न पर्ने थिएन ।’, पुनले भने ।

त्यसैगरी राष्ट्रिय आविष्कार केन्द्रले बनाउन लागेको चार पाङग्रे गाडी अबको तीन महिनापछि तयार हुने उनले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ सेकेन्ड जेनेरेसन किया निरो ईभी, सोल मोबिलिटी शोमा सार्वजनिक

यस्तो हुनेछ सेकेन्ड जेनेरेसन किया निरो ईभी, सोल मोबिलिटी शोमा सार्वजनिक

दक्षिण कोरियामा चलिरहेको सोल मोबिलिटी शोमा सेकेन्ड जेनेरेसन किया निरो ईभी...

६० लाख आसपासमा लन्च हुँदै जेइको जे५, यस्तो हुनेछ पावरट्रेन र फिचर

६० लाख आसपासमा लन्च हुँदै जेइको जे५, यस्तो हुनेछ पावरट्रेन र फिचर

काठमाडौं–जेइकोको नयाँ इलेक्ट्रिक एसयूभी जे५ ६० लाख आसपासमा लन्च हुने भएको...

नयाँ पेट्रोल पम्प खोल्दा अब चार्जिङ स्टेसन पनि अनिवार्य

नयाँ पेट्रोल पम्प खोल्दा अब चार्जिङ स्टेसन पनि अनिवार्य

काठमाडौं – व्यवसायीले अब नयाँ पेट्रोल पम्प खोल्दा त्यसका साथमा चार्जिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...