गण्डकी र सुदूरपश्चिम सरकारको बजेट, यस्तो छ निजी सवारीसाधनमा लाग्ने कर

गण्डकी र सुदूरपश्चिम सरकारले पनि आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । जसमध्ये गण्डकी प्रदेशले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको वार्षिक करमा पुरानैलाई निरन्तता दिएको छ भने इलेक्ट्रिक भेइकलमा केही फेरवदल गरेको छ ।

प्रदेश सरकारले ५० किलोवाट सम्मको इलेक्ट्रिक कारमा कर नलाग्ने व्यवस्था मिलाएको छ भने त्यसमाथि १२५ किलोवाटसम्ममा वार्षिक १० हजार, १२५ किलोवाटदेखि २०० किलोवाटसम्ममा १५ हजार र २०० किलोवाट माथिका गाडीमा २० हजार वार्षिक कर लाग्ने व्यवस्था गरेको छ ।

त्यसैगरी इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरको हकमा भने ३५० वाटदेखि १ हजार वाटसम्ममा १ हजार, एक हजार वाटदेखि १५ सय वाटसम्मकाले एक हजार ५ सय रुपैयाँ र २ हजार वाटमाथिकाले वार्षिक २ हजार रुपैयाँ कर तिर्नु पर्ने व्यवस्था गरिएको छ ।

उता सुदूरपश्चिम प्रदेश सरकारले भने इलेक्ट्रिक भेइकलमा पुरानै करलाई निरन्तरता दिएर पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनमा सीसी क्षमताअनुसार कर निर्धारण गरेको छ । यो सरकाले १ हजार सीसीसम्मका कारमा वार्षिक १९ हजार, १ हजार १ देखि १ हजार ५ सय सीसीका कारमा २१ हजार, १ हजार ५ सय १ देखि २ हजार सीसीसम्मका कारमा २३ हजार र २ हजार १ देखि २ हजार ५ सय सीसीसम्मका कारमा ३२ हजार, २ हजार ५ सय १ देखी २ हजार ९ सय सीसीसम्ममा ३७ हजार र २ हजार ९ सय १ भन्दा माथि सीसी क्षमताका निजी कारमा ५३ हजार रुपैयाँ कर लाग्ने व्यवस्था गरेको छ ।

मोटरसाइकल तथा स्कुटरका हकमा १२५ सीसीसम्म २ हजार ५ सय, १२६ देखि १५० सीसीसम्म ४ हजार ५ सय, १५१ देखि २५० सीसीसम्मलाई ५ हजार ५ सय, २५१ देखि ४०० सीसीसम्मलाई ८ हजार र त्योभन्दा माथि ९ हजार रुपैयाँ वार्षिक कर लाग्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचारहरू

सुन्दर अटो इन्जिनियरिङले लन्च ग-यो आफै डिजाइन गरेको इलेक्ट्रिक बाइक

सुन्दर अटो इन्जिनियरिङले लन्च ग-यो आफै डिजाइन गरेको इलेक्ट्रिक बाइक

सुन्दर अटो इन्जिनियरिङले आफ्नै प्राविधिकद्वारा आफ्नै डिजाइन र च्यासिस...

चर्चामा फेरि यात्री मोटरसाइकल : नम्बर प्लेटकै कारण उत्पादनमा समस्या

चर्चामा फेरि यात्री मोटरसाइकल : नम्बर प्लेटकै कारण उत्पादनमा समस्या

कुनै बेला नेपालमै चार पांग्रे सवारी साधन समेत उत्पादन हुन्थ्यो । हुलास...

ब्याट्रीमा आगो लाग्ने जोखिमका कारण ४० हजार युनिट भोल्भो ईएक्स३० रिकल

ब्याट्रीमा आगो लाग्ने जोखिमका कारण ४० हजार युनिट भोल्भो ईएक्स३० रिकल

भोल्भोले ब्याट्री अत्यधिक तातो हुने समस्याका कारण आगो लाग्न सक्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...