महिन्द्रा थारको माग भारतमै अत्यधिक, तत्काल नआउने भयो नेपालमा
भारतीय अटो मेकर महिन्द्रा एन्ड महिन्द्राले उत्पादन गर्ने भारतकै सर्बाधिक...
नेपाली बजारमा सर्बाधिक माग हुँदै आइरहेको महिन्द्रा स्कर्पियो ३ लाख ४० हजार रुपैयाँसम्मले महंगो भएको छ । महिन्द्रा प्यासेन्जर कारको नेपालका लागि आधिकारिक वितरक अग्नी इन्पर्कोरेटेड प्रालिले आज सार्बजनिक गरेको नयाँ मूल्य सूचीअनुसार स्कर्पियोको एउटै मोडलमा यति धेरै रकम वृद्धि भएको हो ।
बजारमा अहिले स्कर्पियो ७,८ र ९ सिट अप्सनमा एस५ तथा ७ र ८ सिट अप्सनमा एस११ गरी कुल दुई ट्रिममा उपलब्ध रहँदै आएको छ । जसमध्ये एस५ टु ह्विल ड्राइभको नयाँ मूल्य ५३ लाख ९५ हजार रुपैयाँ उल्लेख गरिएको छ । यसअघि यो एसयुभीको मूल्य ५२ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको थियो । यो भेरियन्टमा १ लाख २० हजार रुपैयाँ बढेका छ । एस५ कै फोर ह्विल ड्राइभको नयाँ मूल्य ५८ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यसअघि यो भेरियन्टको मूल्य ५५ लाख ६५ हजार रुपैयाँ निर्धारण गरिएकोमा २ लाख ८५ हजार रुपैयाँ वृद्धि भएको छ ।
यसैगरी एस११ टु ह्विल ड्राइभको नयाँ मूल्य ६८ लाख १५ हजार रुपैयाँ तोकिएको छ । यसअघि ६६ लाख ७० हजार रुपैयाँमा विक्री हुँदै आइरहेको यो भेरियन्टमा २ लाख ५५ हजार रुपैयाँ बृद्धि भएको हो । सबैभन्दा बढी एस११ फोर ह्विल ड्राइभमा बृद्धि गरिएको छ । यसअघि ७० लाख २५ हजार रुपैयाँमा बिक्री हुँदै आइरहेको यो भेरियन्टमा ३ लाख ४० हजार रुपैयाँ बढेर ७३ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
यो एसयूभी वाहेक वोलेरो पिकअप र स्कर्पियोकै पिकअपमा समेत मूल्य बृद्धि गरिएको छ । जसअनुसार वोलेरो म्याक्सि ट्रक प्लस टु ह्विल ड्राइभ, क्याम्पर एससी फोर ह्विल ड्राइभ, क्याम्पर डिसी टु ह्विल ड्राइभ र क्याम्पर डिसी फोर ह्विल ड्राइभमा ७० हजार रुपैयाँका दरले वढेको छ । जसअनुसार यी पिकअपको नयाँ मूल्य क्रमश १९ लाख ७५ हजार, २५ लाख ७० हजार, २८ लाख ७० हजार र ३१ लाख २० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी स्कर्पियोकै डवल क्याव पिकअपको ३ वटा भेरियन्टमा समेत मूल्य बृद्धि गरिएको छ । स्कर्पियोको एस६ टु ह्विल र फोर ह्विल ड्राइभ तथा एस१० फोर ह्विल ड्राइभमा क्रमश २ लाख ५० हजार, २ लाख ६५ हजार र १ लाख ७० हजार बढाएर ४३ लाख, ४६ लाख ७५ हजार र ४९ लाख ५० हजार रुपैँया पुर्याइएको छ ।
भारतीय अटो मेकर महिन्द्रा एन्ड महिन्द्राले उत्पादन गर्ने भारतकै सर्बाधिक...
काठमाडौं– महिन्द्राको लोकप्रिय एसयूभी स्कर्पियो एनले अष्ट्रेलियन...
अग्नि ग्रुपले हालै दमकको क्यापस मोडमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरुम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...