जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात

डोल्पा - ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सेवा सञ्चालन भएको छ । भेरी नदीको बीच–बीचमा बेलीब्रिज निर्माण भएपछि सिधा यातायात सञ्चालन भएको हो ।

दुई ठाउँमा बेलीब्रिज बनेपछि मालबाहक तथा सवारीसाधन त्रिपुराकोटसम्म पुगेका हुन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिको त्रिपुराकोटमा गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।

महिना दिनदेखि सवारीसाधन कतै नरोकिएर त्रिपुराकोट पुगेपछि सर्वसाधारण हर्षित भएका हुन् । करपगाड र खदाङमा बेलीब्रिज बनेपछि यो सम्भव भएको हो । ठूलीभेरी नदीमाथि बेलीब्रिज बनेपछि गाडी त्रिपुराकोटसम्म सहजै पुग्न थालेका त्रिपुराकोटकी मनमाया न्यौपानेले बताए ।

यसपटक जाजरकोट र रुकुमपश्चिम जोड्न ठूलीभेरी नदीमा सानो बेलीब्रिज बनाइएको छ । यही बेलीब्रिजका कारण सवारीसाधन तथा मालबाहक साधन सोझै त्रिपुराकोटसम्म पुग्न सकेका छन् । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा पनि वर्षामा बढ्ने खोलाका कारण सवारी रोकिन सक्छन् ।

हिउँदमा सुक्ने यी खोलाका कारण वर्षामा सवारीसाधन रोकिन्छन् । उपमखोला र रिजिगाडमा पुल बन्नुपर्नेछ । डोल्पाको खदाङपछि आउने चुङ्गाड र छलगाडमा पनि पुल निर्माण भएपछि सवारीसाधन वर्षामा पनि चल्न सक्छन् ।

त्रिपुराकोटमा पनि बेलीब्रिज निर्माणको काम भइरहेको छ । त्रिपुराकोटबाट सुपपानी हुँदै दुनै पुग्दा रुपगाडमा पनि अर्को पुल बन्नुपर्ने छ । यहाँ पनि बेलीब्रिज निर्माणको काम भइरहेको छ । यो पुल निर्माणपश्चात डोल्पा सदरमुकाम दुनै सजिलो हुने छ । बीचबीचमा पुल बन्ने र बनाउने काम भइरहेको छ ।रासस

सम्बन्धित समाचारहरू

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालन, आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालन, आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र...

काठमाडौं उपत्यकाबाट एकैदिन बाहिरिए एक लाख ११ हजार

काठमाडौं उपत्यकाबाट एकैदिन बाहिरिए एक लाख ११ हजार

काठमाडौं – बितेका २४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार...

पछिल्लो २४ घण्टामा ३१ सय बढी सवारी साधन ट्राफिक कारबाहीमा

पछिल्लो २४ घण्टामा ३१ सय बढी सवारी साधन ट्राफिक कारबाहीमा

काठमाडौँ – उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...