टीभीएस रेडरमा ९ हजार र एनटर्कमा ८ हजार मूल्य वृद्धि : यस्तो छ सबै मोडलकोे नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा टीभीएस मोटरसाइकल र स्कुटरको मूल्य वृद्धि भएको छ । नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

नयाँ मूल्य सूची अनुसार सबैभन्दा धेरै मूल्य टीभीएस रेडर मोटरसाइकलमा बढेको छ । पहिले २ लाख ४७ हजार ९ सय रुपैयाँ मूल्य रहेको यो मोटरसाइकलको मूल्यमा ९ हजार रुपैयाँ बढेर २ लाख ५६ हजार ९ सय रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा टीभीएस रेडर गत कात्तिक महिना नेपाल भित्रिए यता पहिलो पटक टीभीएस रेडरको मूल्य वृद्धि गरिएको हो ।

त्यसैगरी टीभीएस स्ट्राइकर रिफ्रेसको मूल्यमा पनि ९ हजार रुपैयाँ नै वृद्धि भएको छ । यसको मूल्य पहिले २ लाख १२ हजार ९ सय रुपैयाँ भएकोमा अब यसको मूल्य २ लाख २१ हजार ९ सय रुपैयाँ पुगेको छ ।

टीभीएस एनटर्क १२५ ड्रम र वेगो एफआई स्कुटर प्रत्येकको मूल्यमा ८ हजार रुपैयाँ बढेको छ । अब यी स्कुटरको मूल्य क्रमशः २ लाख ३१ हजार ९ सय र २ लाख २५ हजार ९ सय रुपैयाँ पुगेको छ ।

एनटर्क १२५ सुपर स्क्वाड स्कुटरमा ६ हजार रुपैयाँले मूल्य वृद्धि भई यसको मूल्य २ लाख ८४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

अपाचे आरटीआर १६० फोरभी आरडी एबीएस र अपाचे आरटीआर १६० फोरभी एफडी रिफ्रेसको मूल्य प्रत्येकमा ५ हजार रुपैयाँले बढेर क्रमशः ३ लाख ४४ हजार ९ सय र २ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

अन्य केही मोडलमा २ हजार देखि ३ हजार रुपैयाँ सम्म मूल्य बढेको छ कुनैमा नबढेको अवस्था पनि छ ।

सम्बन्धित समाचारहरू

तपाईले स्कुटर चलाउने तरिका ठिक छ त ? यसरी भइरहेको छ गल्ती

तपाईले स्कुटर चलाउने तरिका ठिक छ त ? यसरी भइरहेको छ गल्ती

पुराना स्कुटरको युग सकिएपछि हाल नयाँ प्रविधियुक्त स्कुटरले आफ्नो छुट्टै...

टीभीएसको नयाँ जुपिटर अब नेपालमा, मूल्य २ लाख ५८ हजार

टीभीएसको नयाँ जुपिटर अब नेपालमा, मूल्य २ लाख ५८ हजार

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस...

टीभीएसले ग-यो नारायणी क्षेत्रमा ४० जना राइडरको साथमा एओजी राइड

टीभीएसले ग-यो नारायणी क्षेत्रमा ४० जना राइडरको साथमा एओजी राइड

काठमाडौं – टीभीएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर ग्रुप (एओजी) नामक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...